###
![]() |
मुगु-रक्तअल्पता उच्च भई अन्तिम अवस्थामा पुगेकी रारा गाविसकी एक गर्भवती महिलालाई आफ्नै रगत दिएर जिल्ला अस्पताल मुगुका डाक्टरले ज्यान जोगाएका छन्।
सात महिनाको गर्भ रहेको र रक्तअल्पता उच्च हुँदा ओछ्यानमा थला परेकी २२ वर्षीया जडेनी रोकायालाई शुक्रबार अपरान्ह परिवारले जिल्ला अस्पताल ल्याएका थिए। ‘शरिरमा रगत (हेमोग्लोविन)को मात्रा १२ देखि १४ पोइन्ट हुनुपर्नेमा रोकायाको शरिरमा २ पोइन्ट मात्र रहेछ। जिल्ला अस्पतालमा रेडक्रसले स्थापना गरेको रक्तसञ्चार केन्द्रमा रगत सञ्चित गर्ने व्यवस्था छैन। उनलाई तत्काल ‘ओ पोजेटिभ’ पाँच पोइन्ट रगत दिनुपर्ने देखियो। बेलुकी ६ बजेसम्म रगत कतै नपाएपछि मैले आफै एक पोइन्ट रगत दिएँ,’ जिल्ला अस्पतालका डाक्टर भक्तदेव श्रेष्ठले भने।
जिल्लामा हवाई सेवा नियमित पनि नभएको रक्तसञ्चार केन्द्रमा रगत सञ्चित गर्ने व्यवस्था समेत नभएकाले रोकायालाई रिफर गरेर पठाउन सकिने अवस्था पनि थिएन। बिरामीको अवस्था अन्तिम भएकोले तत्काल उनको ज्यान जोगाउन आफैले रकत दिएको डाक्टर श्रेष्ठले नागरिकसँग भने। उनका अनुसार उच्च रक्त अल्पता हुँदा मुटु निस्क्रिय भएर ज्यान पनि जानसक्छ।
उनलाई पाँच पोइन्ट रगत दिएर तत्कालको खतरा टरे पनि थप उपचार तथा रक्तअल्पताको कारण पत्ता लगाउन सुविधा सम्पन्न ठाउँमा लग्नुपर्ने अस्पतालले जनाएको छ।
रोकायाको यो चौथो गर्भ हो। घरमा एक छोरी छन् भने त्यसपछिका दुई गर्भ खेर गएको र लगतै पेटमा फेरी अर्को गर्भ रहेको रोकायाका आफन्त शेरबहादुर बुढाले बताए।

##
![]() |
0 comments:
...