###
![]() |
चिप्ले किरा औषधीका रुपमा प्रयोग हुन थालेपछि यसको अवैध निकासी बढेको छ ।
समुद्री सतहबाट १४ देखि झन्डै १८ सय मिटर उचाइमा पाइने हाड नभएकोे (मालस्का) प्रजातीको चिप्ले (भावली) किरा औषधीको प्रयोगका कारण अवैध निकासी हुँदा लोप हुने अवस्था आएको हो ।
जिल्लाको मुझुङ, छहरा, फेक, बल्ढेङ्गढी, सत्यवती, जुठापौवा, ताहु, हुमिन, जल्पालगायतका गाविसमा पाइने चिप्ले किरा पहिला पाइने भएपनि अहिले देख्न समस्या भएको पाल्पा पिपलडाँडाका लिला बस्याल बताउँछन ।
दूधमा मिसाएर खाँदा शरीरलाई शक्ति दिने, यौन शक्ति बढाउने र हातखुट्टा भाँचिएकाले खाँदा छिटो हाड जोडिने भएकाले यसको अवैध निकासी हुने गरेको बस्यालले बताए ।
किरालाई दाउराले घोचेर घाममा राख्ने र पछि सुकेपछि बुटवल लगेर एउटालाई रु पाँचदेखि १५ मा बेच्ने गरिएको छ ।
साउनदेखि कात्तिकसम्म जमिनमा देखिने भए पनि अहिले यस्ता जीव देख्न छाडेको दुई तीन वर्ष हुन लागेको मुझुङका हेमन्त गहतराजले बताए ।
खोला तथा नदी बग्ने स्थान र गर्मी स्थानमा समेत यस्ता प्रजातीका चिप्ले किरा नपाइने भएकाले गर्मी ठाउँका मानिसले यसलाई महँगो मूल्यमा किनिदिँदा गाउँघरमा यस्ता किरा अहिले लोप भएका हुन् । रासस

##
![]() |
0 comments:
...