###
|
|

सिन्धुली: सुनकोशी ताल खुलेपछि अवलोकन गर्न आएका उपप्रधानमन्त्री एवं गृहमनत्री वामदेव गौतम लडेर घाइते भएका छन्। मंगलबार दिउँसो काठमाडौंबाट पहिरोस्थलको अवलोकनपछि फर्कने क्रममा सुनकोशी जलविद्युत आयोजाको ड्याम लडेको हुन।
घाइते भएका गृहमन्त्रीको बायाँ खुट्टामा गम्भीर चोट लागेको छ।खाडी चौरस्थित मेडिकलमा खुट्टामा पाँच वटा टाका लगाइएको हो। ड्याम नजिकै रहेको पिपलको चौतारोमा चढ्न खोख्दा गृहमन्त्री लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक दीपक खरेलले जानकारी दिए। उनले भने, 'गृहमन्त्रीको खुट्टामा लागेको चोट सामान्य रहेको र उनी उपचारपछि काठमाडौं फर्किसकेका छन्।'
##
|
|
0 comments:
...