Headlines News :
Home » » ईबोला तीब्र रुपमा फैलिदै

ईबोला तीब्र रुपमा फैलिदै

###
भदौं २४, एजेन्सी ।
विश्व महामारी इबोला संक्रमण तीब्र रुपमा फैलिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विशेषगरी लाईबेरियामा इबोला संक्रमितको संख्या उल्लेख्य वृद्धि भएको छ ।
लाईबेरियामा इबोला संक्रमितको उपचारका लागि कम्तिमा १ हजार शैय्या आवश्यक भएपनि हाल २ सय ४० शैय्याको मात्रै व्यवस्था गरिएको छ । जसका कारण उपचारका लागि अस्पताल पुग्ने बिरामीहरु घर फर्कने क्रम बढ्दो छ । इबोला संक्रमणको संवेदनशीलता नबुझ्दा
घर फर्किएका संक्रमितबाट अन्यमा समेत यो भाइरस सर्ने गरेको संगठनले जनाएको छ । प्रभावित मुलुकहरुमा उपनाइएको उपचार पद्धती पनि प्रभावकारी हुन सकेको छैन ।
इबोलाको संक्रमणबाट पश्चिम अफ्रिकाका गिनि, लाइबेरिया, सियरा लियोन र नाइजेरियामा गरी २ हजार १ सय भन्दा बढीको मृत्यु भइसकेको छ । 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar