Headlines News :
Home » » इबोला संक्रमण रोक्न सियरालियोनमा ४ दिने बन्दको घोषणा

इबोला संक्रमण रोक्न सियरालियोनमा ४ दिने बन्दको घोषणा

###
काठमाडौं, भाद्र २१ । सियरालियोनमा इबोला भाइरसको संक्रमण रोक्न चार दिने बन्दको घोषणा गरिएको छ । आगामी सेप्टेम्बर १८ देखि २१ सम्म चार दिन मानिसहरुलाई घरबाट बाहिर ननिस्कन सूचित गरिएको छ ।

स्वास्थ्यकर्मीहरुलाई इबोलाको नयाँ संक्रमणको पहिचान गर्ने र संक्रमितहरुलाई छुट्टै निगरानीमा राख्नका लागि यस्तो कदम चालिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । यसबाट संक्रमण नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

गत मार्चयता सियरालियोनमा २० जना स्वास्थ्यकर्मीको इबोलाका भाइरसका कारण मृत्यु भैइसकेको छ । पश्चिम अफ्रिकाको गिनीबाट सुरु भएको इबोला संक्रमणबाट सियरालियोन, लाइबेरिया, नाइजेरिया बढी प्रभावित भएका छन् ।

इबोला भाइरसका कारण मर्नेको संख्या २१ सय पुगेको छ । हिजो मात्र विश्व स्वास्थ्य संगठनले सुरक्षा परिक्षण पूरा भएपछि स्वास्थ्यकर्मीहरुलाई नोभेम्बरबाट खोप दिने घोषणा गरेको थियो । (एजेन्सी) 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar