###
![]() |
उदयपुर, भदौ २३–बैदेशिक रोजगारीको क्रममा मृत्यु भएका श्रीमानको शव घरमा आईनपुग्दै श्रीमतिले पनि बिष सेवन गरि आत्महत्या गरेकी छिन ।
उदयपुरको त्रियुगा नगरपालिका १७ गैरुनकी संगिता सदाले श्रीमानको निधनको खबर सुन्ने बित्तिकै विष सेवन गरी आत्महत्या गरेकी हुन् ।
३४ वर्षीय हरी सदाको एक हप्ता अघि कतारमा काम गर्दा गर्दै आठ तलाबाट लडेर ज्यान गए पछि शब घरमा ल्याउन नपाई श्रीमतिले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । दिउसोको करिव ११ बजेको सयममा श्रीमान हरी सदाको शब लिनका लागी आफन्त, छिकेकीहरु घर बाहिर निस्किए त्यसैलाई मौका छोपी २८ वर्षीय संगिताले विष सेवन गरेकी आफन्त बताए । उनलाई तत्काल जिल्ला अस्पताल उदयपुर पुर्याईयो तर उपचार सम्भव नभएपछि लाहान लैजादा लैजादै बाटैमै उनको ज्यान गएको प्रहरी निरिक्षक डिल्ली चौहानले बताए ।
श्रीमान हरी सदा र श्रीमति संगिता सदालाई एउटै चिता बनाएर जलाईएको छ । मोरङ्गको बेलबारी माईती रहेकी संगिता बाँतर र हरी सदा २ वर्षको प्रेमसम्बन्धपछि ८ वर्ष अघि विवाह बन्धनमा बाधिएका थिए ।
यता दुई कक्षामा अध्ययनरत आठ वर्षीय छोरी र आठ महिनाको छोराको विचल्नी भएको छ । उनीहरुले आफ्ना आमाबाबु गुमाएपछि फुपु ईश्वरवति सदाको साथमा रहेको छन् । उनीहरुकी फुपूको घर उदयपुरको त्रियुगा नगरपालीका १४ भाण्टावारी रहेको छ । उनीहरुको आफन्तमा एक जना ठूलोबुवा र काका रामकुमार सदा परिवार रहेको छ । मृतक हरीका भाई रामकुमार कतारमा नै श्रम गर्ने भएकोले पनि शब चाडै ल्याउन सकिएको छिमेकी मिश्रीलाल सदाले बताए ।
उदयपुरको त्रियुगा नगरपालिका १७ गैरुनकी संगिता सदाले श्रीमानको निधनको खबर सुन्ने बित्तिकै विष सेवन गरी आत्महत्या गरेकी हुन् ।
श्रीमान हरी सदा र श्रीमति संगिता सदालाई एउटै चिता बनाएर जलाईएको छ । मोरङ्गको बेलबारी माईती रहेकी संगिता बाँतर र हरी सदा २ वर्षको प्रेमसम्बन्धपछि ८ वर्ष अघि विवाह बन्धनमा बाधिएका थिए ।
यता दुई कक्षामा अध्ययनरत आठ वर्षीय छोरी र आठ महिनाको छोराको विचल्नी भएको छ । उनीहरुले आफ्ना आमाबाबु गुमाएपछि फुपु ईश्वरवति सदाको साथमा रहेको छन् । उनीहरुकी फुपूको घर उदयपुरको त्रियुगा नगरपालीका १४ भाण्टावारी रहेको छ । उनीहरुको आफन्तमा एक जना ठूलोबुवा र काका रामकुमार सदा परिवार रहेको छ । मृतक हरीका भाई रामकुमार कतारमा नै श्रम गर्ने भएकोले पनि शब चाडै ल्याउन सकिएको छिमेकी मिश्रीलाल सदाले बताए ।
##
![]() |
0 comments:
...