Headlines News :
Home » » मृत्यु सँग लड्दै कोरियामा नेपाली, तपाईको सानो सहयोग अमुल्य हुँन सक्छ

मृत्यु सँग लड्दै कोरियामा नेपाली, तपाईको सानो सहयोग अमुल्य हुँन सक्छ

###
दक्षिण कोरिया, असोज १८ – रोजगारीको सीलसीलामा रोजगार प्रक्रिया प्रणाली मार्फत साँढे तीन बर्ष अगाढी दक्षिण कोरिया आएका चितवन कुमरोज निवासी २८ बर्षीय सेरफ गुरुङ थेगुस्थित याग्नाम युनिभर्सिटी हस्पिटलको आईसियुमा मृत्युसँग जुधिरहेका छन् । सिटी स्क्यान र एमआईआईको रिपोर्ट अनुसार एन्सीफलाईटिस्का कारण गिदी फुलेको र मस्तिष्क अति नै कमजोर अबस्थामा रहेको साथै मस्तिष्कमा पानी जमेको जनाईएको छ । बिरामीको सहयोगका लागि अस्पतालमा जानकारी लिन पुगेका नेपाली डाक्टर राजेशचन्द्र जोशीले अहिलेसम्मको अबस्था हेर्दा जटिल अबस्था बिमारी रहेको बताएका छन् भने बिमारीको अबस्थाको क्रमिक सुधारका लागि दैनिक बीस लाख कोरियन वनको आबश्यकता पर्ने हस्पिटलले जनाएको छ । तसर्थ एक नेपालीको प्रबासमा अकाल मृत्युबाट बचाउँन चितवन सम्र्पक समिति दक्षिण कोरियाले नेपाली समुदायलाई सहयोगका लागि आह्रवान गरेको छ भने सहयोगका निम्ति दुर्लभ बन्धु पोखरेल आईबिके बैक दक्षिण कोरियाको खातानम्बर २२१२८६२५४०२०१६ मा सहयोग रकम पठाउँन सकिने छ । नेपालमा आमाको मानसिक अबस्था ठिक नभएको,एकभाई रोजगारका लागि भारत गएका र अर्को भाई बेरोजगार छन् भने निज गुरुङकी पाँच बर्षीय छोरी छिन्
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar