Headlines News :
Home » , » चुनावको १० महिनापछि बेवारिसे मतपत्र भेटियो, हँसिया हथौडामा छाप (भिडियोसहित)

चुनावको १० महिनापछि बेवारिसे मतपत्र भेटियो, हँसिया हथौडामा छाप (भिडियोसहित)

###
पर्वत, आश्विन २४ । दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भएको १० महिनापछि पर्वतमा प्रत्यक्षतर्फको मतपत्र फेला परेको छ । सदरमुकाम कुश्माबजार नजिकै जल्केनीस्थित कालीगण्डकीको किनारमा करिव दुई सयओटा ‘संविधानसभा निर्वाचन २०७०’मा प्रयोग भएका मतपत्र भेटिएका हुन् ।

गोलाकारभित्रको हँसिया हथौडामा छाप लगाइएका मतपत्र फेला परेपछि एकीकृत माओवादी पर्वतका सचिव ढाकाराम गौतमले निर्वाचनमा धाँधली भएको यो प्रमाण भएको बताए ।

सो मतपत्र छिमेकी जिल्ला म्याग्दीको हुन सक्ने अनुमान पनि गरिएको छ । अधिकांश मतपत्रमा मतदान अधिकृत ‘श्याम’ को हस्ताक्षर छ । एकीकृत माओवादीले पत्रकार सम्मेलन गरी मतपत्रहरु सार्वजनिक गरेको छ । मतपत्रहरु पार्टी केन्द्रीय कार्यालयमा पठाइएको स्थानीय नेताहरुले जनाएका छन् ।

जिल्ला निर्वाचन कार्यालय पर्वतले भने बेवारिसे अवस्थामा फेला परेका मतत्रपबारे गैरजिम्मेवार जवाफ दिएको छ । निर्वाचनको सम्पूर्ण प्रक्रिया तत्कालीन मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको हुनाले जिल्ला निर्वाचन कार्यालयले जिम्मेवारी नलिने सो कार्यालयले जनाएको छ ।

निर्वाचनको प्रक्रिया र जिम्मेवारी समेत तत्कालै सकिएकोले मतपत्र बिसर्जनबारे आफूलाई कुनै जानकारी नभएको तत्कालीन मुख्य निर्वाचन अधिकृत माधवेन्द्रराज रेग्मीले बताए ।

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar