Headlines News :
Home » » बिहेको एनिभर्सरीमा करोडको भोज

बिहेको एनिभर्सरीमा करोडको भोज

###
फोटो :पाहुनालाई मनोरञ्जन दिन भारतबाट ल्याइएका कलाकारसँगै नाच्दै एक व्यापारी। फोटो : अन्नपूर्ण
पोखरा : पर्यटकीय नगरी पोखराको पाँचतारे होटेल फूलबारी रिसोर्टको परिसर शुक्रबारदेखि भोजभतेर र नाचगानले गुन्जिएको छ। प्रवेशद्वारनजिकै चौरमा ध्वजापताकाले झकिझकाउ पालमुन्तिर टेबुलमा मदिरा र मासुको चाङ देखिन्छ। नर्तकीहरू क म्मर मर्काइरहेका छन्।

झट्ट हेर्दा ठूलो महोत्सवको झल्को दिने यो वातावरण नेपालका एक व्यापारीले आफ्नो विवाहको २५ औं वर्षप्रवेशको अवसरमा दिएको पार्टीको हो। व्यापारिक घराना जगदम्बा ग्रुपका साझेदार वीरगन्जका सुनिल रुंग्टाले विवाहको रजत महोत्सव मनाउन गरेको यो भोजमा उनका नातागोता, व्यापारी, सांसद, नेता र विदेशीसमेत सहभागी छन्।


शुक्रबारदेखि चलेको भोज आइतबारस म चल्नेछ। भोजमा कोही मदिराको चुस्कीमा मस्त छन् भने कोही मीठो परिकारको स्वाद चाख्न व्यस्त। कोही कोलकाताबाट ल्याइएका नर्तकीहरूसँगै ताल मिलाइरहेका देखिन्छन्।

पाहुनाको आउजाउ, खानबस्न र मनोरञ्जनका लागि करिब करोड रुपैयाँ खर्च गरिएको एक व्यापारीले बताए। 'भोजकै लागि करिब एक करोड रुपैयाँ खर्च गरिएको छ', उनले भने, 'पाहुना ल्याउने र लैजाने व्यवस्था छ। यातायातमा लागेको खर्च आयोजकले नै तिर्नेछन्।'

स्रोतका अनुसार पाहुनाका लागि रिसोर्टका ९२ वटा कोठा बुक गरिएको छ। प्रतिरुम मूल्य प्रतिदिन भ्याट र सेवा शुल्कबाहेक सात हजार रुपैयाँ छ। भोज नसकिउन्जेल धेरै व्यक्ति सहभागी हुने कार्यक्रम नराख्न रिसोर्टलाई भनिएको छ।

भोजमा जगदम्बा गु्रपका अध्यक्ष शंकर गोल्यान, शाह गु्रपका गोविन्द शाह, पप्पु शाह, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अशोक तेमानी, सुशील अग्रवाल, सुवास अग्रवाल, विराटनगरका अरुण तोडी, रक्सौलका व्यापारी विजय केसान, अनुप अग्रवाल, सुमन अग्रवाल, राजेश हार्डवेयरका सुवास अग्रवाल, दिल्लीबाट प्रदीप झा, नितिज किटुलगायत व्यापारी सहभागी छन्। कांग्रेसका सभासद् अनिल रुंग्टा र केन्द्रीय सदस्य रमेश रिजाल पनि भोजमा सहभागी छन्। अनिल र सुनिल दाजुभाइ हुन्।

सहभागीको मनोरञ्जनका लागि गायक आनन्द कार्कीसहितका कलाकारको टोली काठमाडौंबाट ल्याइएको छ। ना ५ ख ३८९५ नम्बरको बसले वीरगन्जदेखि भारतीय कलाकारको टोलीलाई फूलबारी रिसोर्टमा ल्याएको छ। आफन्त र नातागोता बोलाएर दाजुको विवाहको वर्षगाँठ मनाइएको सभासद् अनिलले बताए।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar