###
![]() |
विराटनगर, वैशाख १३ - मोरङको उर्लावारीकी एक युवती आफ्नै काकाबाट ४ बर्षदेखि बलात्कृत हुँदै आएको पाइएको छ ।
बालिकाले आफ्नै काकाबाट यौन शोषण
भएको भन्दै ईलाका प्रहरी कार्यालय उर्लावारीमा उजुरी दिएपछि घटना बाहिर आएको हो ।
मोरङको राजघाटका आफ्नै काकाले पटक–पटक कुटपिट गरेर यौन सम्पर्क गर्ने गरेको बालिकाले प्रहरीलाई दिएको उजुरीमा उल्लेखे छ । ईलाका प्रहरी कार्यालय उर्लावारीका प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार आफ्नै भतिजीलाई १७ बर्षको उमेर हुँदा देखि नै यौन शौषण गर्दै आएको पीडित युवतीले दिएको जाहेरीमा उल्लेख गरिएको छ ।
‘अहिले २१ वर्ष पुगेकी ती युवतीलाई केहीदिन अगाडी मात्र पनि यौन सम्पर्क राख्न नमानेको भन्दै कुटपिट भएको पाईयो’ गौतमले भन्नुभयो ‘त्यसपछि युवतीले सहन नसकेर प्रहरीमा उजुरी दिएकी छन् ।’
घरमा श्रीमती समेत रहेका ती आरोपित पीडकले पीडित युवतीलाई अन्य केटासँग बोल्यो भने गाली गर्ने तथा यौन सम्बन्धको बारेमा कसैलाई भनेमा आगो लगाएर मार्ने धम्की दिने गरेको प्रहरीले जनाएको छ । उजुरी ईलाका प्रहरीमा दर्ता भए लगतै प्रहरीले यौन कार्यमा संलग्नलाई पक्राउ गरेको छ ।
अनुसन्धान पछि अदालतमा मुद्दा दायर गरिने गौतमको भनाई छ । पक्राउ परेका ती व्यक्तिलाई हाडनाता र जवरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।

##
![]() |
0 comments:
...