Headlines News :
Home » » एक लोटा पानी पनि पैंचो !

एक लोटा पानी पनि पैंचो !

###
धादिङ, वैशाख ११ – घरमा पानी सकिँदा एक लोटा पानी पनि छिमेकीबाट पैंचो मागेर चलाउनु पर्छ भन्ने सुन्दा अनौठो लाग्न पनि सक्छ ।
खानेपानीको निकै दुःख रहेको धादिङको महादेवस्थान गाविसको वडा नम्बर ३ मा पर्ने ब्रुसबाङमा आफ्नो घरमा पानी सकिए छिमेकबाट पैंचो लिएरै चलाउनु पर्ने अवस्था छ ।
भनेको बेला पैंचौ तिर्न नसके अर्को पटक छिमेकीले एक लोटा पानी पनि पत्याउँदैनन् ।
समुद्री सतहबाट १८ सय ७३ मिटरको उचाइमा रहेको ब्रुसबाङमा गाउँ नजिकै पानीको श्रोत नभएकाले यहाँका बासिन्दाले पानीका लागि सधैँभरी सास्ती खेप्नु परेको हो । गाउँदेखि ३ घण्टा तल रहेको बाङकुर्तीको भीरमा पुगेर पानी बोक्नुपर्ने भएकाले यहाँका बासिन्दाले चाहेजसरी पानी पनि पिउन नपाएका हुन् ।
घरमा कोही बिरामी परेर पानी लिन जान नसके, रातको बेला पाहुना आएर पानी खर्च गर्नुपर्ने भए छिमेकीसँग पानी पैंचो मागेर चलाउनुपर्छ । पहिलो पटक पैंचो मागेको पानी फिर्ता नगरेसम्म अर्को पटक पैंचो लिन नपाइने स्थानीय अमरसिंह चेपाङले बताउनुभयो । यहाँ २७ घर परिवार चेपाङको बसोबास छ ।
पानी मात्रै नभइ अरु खानेकुराको पनि उत्तिकै दुःख छ ब्रुसबाङमा ।
गाउँलेले भोग्नु परेको खानेपानीको समस्या समाधान गर्न जिल्ला विकास समिति धादिङ, महादेवस्थान गाविस र शान्ति नेपालको संयुक्त प्रयासमा प्रत्येक घरमा एकएकवटा दुई हजार लिटरको प्लाष्टिक ट्यांकी वितरण गरिएको भए पनि अघिल्लो वर्षको वर्षामा सङकलन गरिएको पानी अहिले सकिइसकेको उनीहरुले बताए ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar