Headlines News :
Home » » वामदेव कामरेड जे भन्नुहुन्छ, मज्जाले भन्नुहुन्छ

वामदेव कामरेड जे भन्नुहुन्छ, मज्जाले भन्नुहुन्छ

###
एमालेमा महाधिवेशनका लागि चलिरहेको बहस व्यक्ति केन्द्रित भइरहेको छ कि विचार केन्द्रित ?
यो व्यक्ति केन्द्रित हैन । मूलत विचार, विधान र नेतृत्वका तीनवटा विषयमा हामी केन्द्रित छौं ।
कम्युनिष्ट पार्टीमा व्यक्तिगत भिन्नता देखाउनका लागि विचारमा भिन्नता भएजस्तो देखाइन्छ । एमालेमा यो रोग छैन ?
सामाजिक सांस्कृतिक विशेषताहरु राजनीतिक आन्दोलनमा पनि हुन्छन् । पार्टीहरुमा पनि हुन्छन्, नेता कार्यकर्तामा पनि हुन्छन् । विभिन्न मोडहरुमा यस्तो देखिन्छ । हामी यसबाट अछुतो छौं भन्दिँन । हाम्रो आफ्नो विगतकै कुरा गर्ने हो भने पनि हामी एमालेहरु नेपाली कम्युनिष्ट आन्दोलनको पुनगर्ठित धार हो । हामी यस्ता समस्यासँग जुध्दै यो ठाउँसम्म आएका छौं । हामीले पार्टी बाहिरमात्रै होइन, भित्र पनि जुध्नुपर्‍यो । हामी जुन ठाउँमा उभिएका छौं, धेरै प्रतिकूलतासँग जुधेर यो ठाउँसम्म आएका हौं ।
आज केपी ओलीका बारेमा हामी जे समस्या भन्छौं, उहाँको स्वास्थ्यको कारणले हुँदैन भन्छौं । तर, त्यसबेलामा पनि त केपी ओलीको किड्नी ट्रान्सफर गरेको स्थिति त बरकरार थियो
जस्तो कि आठौं महाधिवेशनमा केपी ओली र माधव नेपालवीच एकता थियो । विचारमा एमालेका सबै नेताहरुमा खासै भिन्नता पनि देखिँदैन, तर यति ठूलो आपसी लडाइँ केमा ? विचारमा कि व्यक्तिमा ?
बाहिर सञ्चारमधयममा आइरहेको छ । तर, राजनीतिक, वैचारिक, सांगठानिक भिन्नताहरु के-के हुन् भनेर स्पष्टसँग आएदेखि कार्यकर्ताले पनि बुझ्न पाउँथे, कहाँकहाँ भिन्नता रहेछ । कुनचाँहि भिन्न पक्ष राम्रो हो भन्ने त्यसपछि बुझौंला । अहिले त्यस्तो भिन्न विचार आएको छैन ।
वामदेव गौतमबाट त आएको छ नि ?
वामदेव कामरेडका विचारहरु विभिन्न समयमा अलग-अलग संस्करणमा आउने गरेका छन् ।
वामदेवले अघि सारेको विचार र केपी ओलीको विचारमा ठूलो भिन्नता छ, तैपनि उहाँहरुवीच एकता भएको छ । यो वैचारिक एकता हो कि व्यक्तिगत स्वार्थको ?
हाम्रा विभिन्न नेताका आ-आफ्ना स्वभाव छन् । केही सकारात्मक स्वभाव पनि छन्, केही चाँहि त्यस्ता स्वभाव नभइदिए पनि हुन्थ्यो भन्नेखालका पनि छन् । त्यसकारणले यसलाई म अन्यथा मान्दिँन । वामदेव कामरेडको बानी के छ भने जे चिज राख्दा पनि, जुनबेला, जुन घडीमा पनि उहाँले मज्जाले राख्नुहुन्छ । यो उहाँको राम्रो कुरा हो । तर, जब उहाँले मज्जाले राखेको कुराप्रति छलफल र बहस भएर उहाँलाई चित्त बुझ्छ, फेरि मज्जाले नै समर्थन पनि गर्नुहुन्छ । यो उहाँको व्यक्तित्वसित गाँसिएको बिर्सनै नहुने पक्ष हो । उहाँले जे चिज गर्दा पनि बडो मज्जाले राख्नुहुन्छ । मज्जाले राख्दाखेरि यही नै अन्तिम चिज हो कि जस्तो हुन्छ । तर, उहाँले यसलाई रिभ्यु गर्नुहुन्छ, उहाँले रियलाइज गर्ने कुरामा पनि गाह्रो हुँदैन । त्यसैले अहिलेको सन्दर्भमा उहाँले राखेको कुरामा मलाई अन्यथा लाग्दैन ।
एमालेको महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्छ भन्ने तपाईको दाबी त गलत ठहरियो हैन ?
हामीले विचारमा लोकतान्त्रीकरण र संगठनमा लोकतान्त्रीकरणको कुरा गर्‍यौं । यसमा देश दुनियाँ चकित हुने हिसाबले हामीले अभ्यास गर्‍यौं । यसमा प्रमुख कार्यकारी पदमा दुईचोटि भन्दा बढी नबस्ने भन्ने त हामीले किटानी नै गरेका छौं ।
यतिबेला नेतृत्वको सन्दर्भमा हाम्रा दुईजना नेताहरु पार्टीमा प्रमुख भएको लेखा गर्ने हो भने ०३२ सालयता सुरुमा ६ वर्ष सीपी मैनालीले नेतृत्व गर्नुभयो, मदन भण्डारीले ३ वर्ष गर्नुभयो । ४० वर्षको इतिहासम बाँकी समय झलनाथ खनाल र माधव नेपालले नै पार्टीको प्रमुख नेता भएर भूमिका खेल्नुभएको छ । यो एउटा पाटोलाई हामीले ख्याल गर्नुपर्छ ।
एउटाको अगुवाइ केपीले गर्नु भो, अर्को प्यानलको अगुवाइ झलनाथले गर्नुभयो । म त झलनाथ प्यानलको महासचिव । केपी कामरेडको प्यानलमा प्रवल पक्षपाती भएर माधव कामरेड आउनुभएको थियो
दोस्रो, नेताहरुको एउटै उमेर समूह, बलिदानी लगभग उस्तै उस्तै रहेको छ । यी दुईवटा ग्राफ अगाडि राखेर मैले भन्न खोजेको हुँ । यो हेर्दा के देखिन्छ भने उहाँहरु दुई जना नेताहरु पार्टीको कार्यकारी ठाउँमा नरहनु उचित हुन्छ भन्ने पार्टीका साथीहरुमा बहस भइरहेको देखिन्छ ।
बरिष्ठ उपाध्यक्ष वामदेव गौतमको म अहिले अध्यक्ष हुन्न भन्ने तर्क छ । म महासचिवले अहिले अध्यक्ष हुन्छु भनेको छैन । यो स्थितिमा सर्वसम्मतिले नेतृत्व निर्माण हुन सक्छ भन्ने विकसित स्थितिको प्रक्षेपण गरेको हो मैले । सकेसम्म हामी सर्वसम्मतिले नै गर्ने प्रयास गछौर्ं । सर्वसम्मत भएन भने लोकतान्त्रिक विधिबाट एउटा फैसला त भइहाल्छ । तर, सर्वसम्मतिले गर्नुपर्छ भन्ने कुरा नै आम कार्यकर्ताको भावना छ ।
केपी ओलीलाई स्वास्थ्यले साथ नदिने चर्चा पनि छ नि ?
हिजो आठौं महाधिवेशनमा केपी कामरेडलाई अगाडि बढाउनुपर्छ भनेर प्यानलबन्दी पनि भयो । त्यसमा एउटाको अगुवाइ केपीले गर्नु भो, अर्को प्यानलको अगुवाइ झलनाथले गर्नुभयो । म त झलनाथ प्यानलको महासचिव । केपी कामरेडको प्यानलमा प्रवल पक्षपाती भएर माधव कामरेड आउनुभएको थियो । उहाँले लागे पुगेको गर्नु पनि भयो । तर, केपी कामरेडले जित्नुभएन । त्यसबेला जित्नुभएको भए केपी अहिलेसम्म अध्यक्ष भइ नै रहनुहुन्थ्यो ।
आज केपी ओलीका बारेमा हामी जे समस्या भन्छौं, उहाँको स्वास्थ्यको कारणले हुँदैन भन्छौं । तर, त्यसबेलामा पनि त केपी ओलीको किड्नी ट्रान्सफर गरेको स्थिति त बरकरार थियो । अहिले जुन विसंगत कुराहरु भए भन्ने लगाइन्छ, त्यो त त्यसबेला पनि थिए, आठौं महाधिवेशनपछि मात्रै दृष्टिगोचर भएका त होइनन् यी विषयहरु । यी कुराहरु हिजो किन हामीले सम्झाएनौं ?
तपाई आफूले चाँहि अध्यक्षमा दाबी नगर्ने ?
हिजो पनि मैले महासचिव हुनका लागि हाँपझाँप गरेको होइन । मुख्य कुरा पार्टी व्यवस्थित हुनुपर्‍यो । माथि जो नेताहरु हुनुहुन्छ, उहाँहरुको विवेकसम्मत व्यवस्थापन गर्नुचाँहि पहिलो काम हो ।
महाधिवेशनमा चुनाव भएको अवस्थामा आठौं महाधिवेशनमा जस्तै प्यानलबन्दी नै हुन्छ होला हैन ?
आठौं महाधिवेशनमा हामीले गरेको अभ्यासमा संगति नमिलेका कुराहरुलाई हामीले सच्याउनुपर्छ । व्यक्तिको योग्यता क्षमता भन्दा पनि प्यानलबन्दी भयो भने गुण-दोषका आधारमा भन्दा पनि पक्षधरताका आधारमा हुने भो । त्यसले गर्दा यसलाई अलिकति मिलाउनुपर्छ । प्रतिस्पर्धालाई हामीले व्यक्तिगत बनाउनुपर्छ । प्यानलबन्दी गर्नु हुँदैन ।
जस्तो, गोकर्ण विष्ट माधव नेपालको प्यानलमा देखिनुभएको छ, प्यानलबन्दी चुनाव भयो भने राम्रा मन्छे हार्ने, नराम्राले जित्ने स्थिति आउँदैन ?
मलाई त्यस्तो लाग्दैन । विभिन्न साथीहरु बहस छलफलका क्रमम सहभागी भइरहनुभएको छ । यसैलाई प्यानलबन्दी भयो भनिहाल्न मिल्दैन । छलफलका क्रममा बिचारहरु थिग्रिनुभन्दा पहिले अनेकथरिका कुराहरु हुन्छन् । पक्ष विपक्ष भएपछि कतिपय कुराहरु पुँजीकृत गर्ने होड पनि हुन्छ । यसलाई म अनुचित ठान्दिँन ।
महाधिवेशन सर्ने हल्ला पनि छ नि ?
Ishor-pokhrel-2हल्ला भन्दा पनि हामीले बनाएको वर्किङ क्यालेन्डर मिचिँदैछ । यो मिचिरिहेको आधारमा हुँदैन कि भन्ने आशंका बढेको छ । हामीले बुझिरहेका छैनौं, यो महाधिवेशन भनेको सबै, सारा मिलाएर गर्ने कुरो त भएन । न्यूनतम कुराहरु सम्पन्न गरेपछि महाधिवेशन गर्ने हो । तर, समयको चाप एकदम बढ्दैछ । च्याप्दैछ समयले ।
त्यसोभए महाधिवेशन सर्दैन भन्न सकिँदैन ?
केन्द्रीय कमिटीले गरेको निर्णयमा हामी कायमै छौं । केन्द्रीय कमिटीले गरेको निर्णयमाथि हामीले पुनर्विचार गरेका छैनौं । त्यो निर्णय रहुञ्जेल हामी त्यसको तयारीमा लाग्छौं ।
अब अलिकति विचारको विषयमा छलफल गरौं , एमालेको वैचारिक बहस यतिबेला केमा केन्द्रित हुन्छ ?
हामी आठौं महाधिवेशनका निर्णयहरुको कार्यान्वयनको स्थिति के रह्यो भनेर समीक्षात्मक ढंगले समीक्षात्मक रुपमा विचार प्रस्तुत गर्छौं । वर्तमान परिस्थिति विश्लेषण गर्ने सन्दर्भमा विचार प्रस्तुत हुन्छ ।
आगामी दिनको योजना कसरी बनाउनुपर्छ भन्ने सन्दर्भमा विचार प्रस्तुत हुन्छ । एकेडेमिक टाइपको निवन्धात्मक विचार भन्दा पनि हामीले प्रस्तुत गर्ने विचार चाँहि अघिल्लो महाधिवेशनले गरेका निर्णयहरुको कार्यान्यवनको समीक्षाको सन्दर्भमा हामी समीक्षा गर्छौं ।
दोस्रो कुरा, अहिलेका परिस्थिति विश्लेषण गर्ने सन्दर्भमा अहिलेको शक्ति सन्तुलनको स्थितिमा जे-जे परिवर्तन भएका छन्, त्यसको विश्लेषण गरेर उन्नत विचार प्रस्तुत गर्छौं । र, आउँदा दिनका चुनौतीहरुलाई चिन्ने र त्यसको सामना गर्ने सन्दर्भमा हाम्रा योजनाहरुमा हामी आफ्ना विचार प्रस्तुत गर्छौं ।
एमालेमा चलेको विचारको बहस भनेको नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक हो कि पुँजीवादी भैसक्यो भन्ने हो ?
त्यो पनि हैन । हामीले ०६२/०६३ को परिवर्तनलाई ठ्याक्कै के भन्ने भन्नेबारेमा आठौं राष्ट्रिय महाधिवशेनमा हामी एउटा निश्कर्षमा आयौं । त्यो निश्कर्षलाई बुझ्ने र व्याख्या गर्ने मामिलामा अलि अलि सतहीपना र अलि अलि आग्रहले काम गर्‍यो यसवीचमा । कसैले क्रान्ति भएको भन्ने, कसैले यो क्रान्ति होइन भनौंला जस्तो गर्ने । यस्तो टाइपको स्थिति आयो । क्रान्ति हो कि होइन भन्दा पोलिटिकल सेन्स यो रिभोल्युसन नै हो । यो अचानक भएको पनि होइन । लामो समयको संघर्षबाट बढ्दै बढ्दै गएर सामन्तवादको संरक्षक राजतन्त्रलाई ढाल्ने तहमा पुग्यो । त्यसैले यो पोलिटिकल रिभोल्युसन हो ।
हाम्रोमा मौलिक ढंगले के भयो भने बुर्जुवा शक्तिको सहकार्यमा पोलिटिकल रिभोल्युसन भयो । बोलीचालीको भाषामा भन्दा कम्युनिष्ट र कांग्रेस मिलेर यो राजनीतिक क्रान्ति सम्पन्न भयो । यसबाट क्रान्ति पश्चातका चुनौतीहरु के हुने भए त भन्दा लामे समयसम्लामे समयसम्म आर्थिक सामाजिक रुपान्तरणका एजेन्डाहरुमा योग्यता र क्षमता देखाएर श्रेष्ठता हासिल गर्नुपर्ने चुनौती क्रान्तिकारी शक्तिहरुका अगाडि आयो । राजनीतिक परिवर्तन पछाडिको कोर्ष चाँहि यसरी जाने भो ।
आठौं महाधिवशेनले ०६२/०६३ को जनआन्दोलनलाई के भनेको थियो र अहिले विवाद केमा हो ?
आठौं महाधिवेशनले शान्तिपूर्ण जनक्रान्ति भनेको थियो, ‘पोलिटिकल सेन्स’मा । कोही कोही मान्छेले क्रान्ति भनिसकेपछि समग्र क्रान्ति हो भन्ने अर्थ निस्कने गरी पनि व्याख्या गरेका छन् । यो राजनीतिक क्रान्ति हो भन्नेमा हामी सहमत छौं । यो राजनीतिक क्रान्तिले सामाजिक रुपान्तरणको कुरालाई गति दिनुपर्छ । आन्दोलनबाट प्रतिक्रियावादी सामन्ती राजतन्त्र समाप्त भयो, तर, त्यसले संरक्षण गरेका आर्थिक सामाजिक आधारका अवशेषहरु छन्, त्यसलाई निमिट्यान्न पार्नुपर्ने अवको हाम्रो कार्यभार हो ।
यो कार्यभार त सकियो भन्छन् नि केही एमाले नेताहरु ?
सकिएको छैन । सामन्तवादका अवशेषहरु छन् । ती अवशेषहरुको विरुद्धमा हामी लाग्नुपर्छ । यसमा कुनै अन्तर छैन । समाजको संक्रमणकालीन उत्पादन प्रणाली भन्नाले बढ्दो पुँजीवादी उत्पादन प्रणाली र खिइँदो सामन्ती उत्पादन प्रणाली, यो स्थिति छ । खिइँदै गरेको सामन्ती उत्पादन प्रणालीले आफ्नो आधार गुमाउँदैछ । तर, अहिले नै त्यो उत्पाद प्रणाली सकियो भन्ने टाइपको निश्कर्ष निकाल्नु चाँहि यथार्थसम्मत हुँदैन । हामी यो ठाउँमा छौं । यसमा हामी लगभग एकै ठाउँमा छौं ।
भनेपछि महाधिवेशनमा फरक विचार आउँदैन ?
मलाइ लाग्छ यो विषयमा फरक विचार आउँदैन । दस्तावेज मस्यौदा कमिटीमा हामीले ६ दिन २०/२५ घण्टाजति छलफल गर्‍यौं । त्यसपछि एउटा साझा निश्कर्ष निकाल्यौं । लेखन भएको छ । अध्यक्ष संयोजक हुनुहुन्छ । संयोजकले तयार गरेको चिज केन्द्रीय कमिटीमा छलफल हुन्छ । यसलाई महाधिवेशनको हलबाट टुंगो लगाइन्छ ।
दोस्रो कुरा नेपाली समाजको चरित्रको बारेमा पनि हाम्रोवीचमा छलफल छ । पहिले पहिले राजनीतिकलार्इ सूत्रीकरणमा राजनीतिलाई बुझ्ने चलन थियो । अर्ध सामन्ती अर्ध औपनिवेशिक भन्दा ट्याक्क बुझ्न पनि सजिलो । तीन काम, तीन जाँच, यस्तो यस्तो ढंगले बुझ्ने गरिन्थ्यो । तर, सधैंभरि पोलिटिक्सलाई फर्मूलामा बुझ्नु हुँदैन । यो अन्तरतत्वलाई प्रतिनिधित्व गर्ने हिसाबले के भाषा राख्दा हुन्छ, त्यो गर्नुपर्छ । बढ्दो पुँजीवादी उत्पादन प्रणाली र खिइँदो सामन्ती उत्पादन प्रणालीलाई प्रतिनिधित्व गर्ने के पदावली हुन्छ, त्यो राखे हुन्छ । फमूर्ला नै बनाएर त्यस्तो शब्द नै राख्नुपर्छ भन्ने होइन ।
बहुदलीय जनवादमा पनि विवाद हो ?
हैन, विवाद होइन । बहुदलीय जनवाद भनेको गतिशील र वैज्ञानिक विचार हो । यो जडवत सिद्धान्त वा विचार होइन । धर्मशास्त्र जस्तो होइन । यो सिद्धान्तले त वर्तमानको जीवनललाई बाटो देखाउनुपर्छ । अहिलेका विशिष्ट अन्तरविरोधहरुलाई हल गर्ने हिसाबले यसले बाटो देखाउनुपर्‍यो । त्यसो हुनाले जनताको बहुदलीय जनवादलाई एउटा कार्यक्रमिक विचार र अर्को मार्गदर्शक सिद्धान्तका हिसाबले हामीले बुझेको हो । तात्विक रुपमा यसमा हामीवीच अन्तर छैन । अद्यावधिक गर्ने भनेको त कुनै पनि चिज अपडेटेड हुँदै जानुपर्छ । अपडेटेड हुन नसक्नेहरु, नमान्नेहरु आउटडेटेड हुन्छन् । त्यसैले जबज गतिशील विचार हो, यो अपडेटेड हुँदै जानुपर्छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar