Headlines News :
Home » » संसारकै अग्लो टावरबाट हाम्फालेर बिश्व किर्तिमान

संसारकै अग्लो टावरबाट हाम्फालेर बिश्व किर्तिमान

###
 दुबईमा रहेको ब्रुज खालिफा टावरबाट हाम्फालेर हालै दुई जना साहसी पुरुषले बिश्वरेकर्ड कायम गरेका छन् । ८२८ मिटर अग्लो ब्रुज खालिफा संसारकै सवैभन्दा अग्लो भवन हो । गत सोमबार फ्रान्सका दुई स्काइ डाइभर फ्रेड फुगेन र भिन्स राफेटले टावरको टुप्पोबाट हाम फालेका थिए ।
त्यसका लागि उनीहरुले स्वीजरल्याण्डका हिमालबाट हाम्फालेर अभ्यास गर्नुपरेको थियो । त्यस्तै उनीहरुले दुवईमै हेलिकोप्टरबाट निकैपटक हाम फालेर रेकर्डका लागि तयार पारेका थिए ।

ब्रुज खालिफा टावरको टुप्पोमा दुई जना उभिन सक्ने ठाउँ बनाइएको थियो । जसलाई टुप्पोमा फिट गर्न नै तीन दिन लागेको थियो ।
सफलतापूर्वक भुईँमा उत्रिएपछि फ्रेडले भने- तीन बर्षदेखिको कठोर तालिमबाट बुनिएको सपना आज पुरा भएको छ, मेरो सपना पुरा भयो ।’
यही महिनामात्रै ब्रुज खालिफामा दुईवटा बिश्व रेकर्ड राखिए । यसअघि टावरको टुप्पोभन्दा केही तलबाट अर्का ब्यक्तिले प्यारासुट जम्प गरेका थिए ।


##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar