Headlines News :
Home » , » अक्षय पुग्दा ठमेल ठप्प, फ्यानलाई गरे नमस्कार

अक्षय पुग्दा ठमेल ठप्प, फ्यानलाई गरे नमस्कार

###
आफ्नो नयाँ चलचित्रको छायांकनका लागि नेपाल आएका बलिउड नायक अक्षय कुमार आज ठमेल पुगेका छन् । ठमेलको मन्डला सडकमा उनको सिनेमाको छायांकन भएको हो । सिनेमा छायांकन हुँदा २ घन्टा ठमेल आवतजावतमा रोक लगाइएको थियो । पत्रकारदेखि सर्वसाधरणलाई ठमेल प्रवेशमा कडाई गरिएको थियो । प्रहरीले अक्षयलाई कडा सुरक्षाका साथ हायात होटलबाट ठमेल पुर्‍याएको थियो । तर ठमेलमा छायांकनका क्रममा अक्षयलाई फ्यानहरुले टाढाबाट हेर्ने मौका भने पाए । अक्षयले पनि फ्यानहरुलाई निराश पारेनन्, टाढैबाट भएपनि नमस्कार गरे ।

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar