|
###
|
हिन्दूहरुको पवित्र तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा पैदल यात्रा गर्ने क्रममा तीर्थयात्रीहरु नुवाएर शुद्ध भई यात्रा आरम्भ गर्ने पर्वत पाङ-१ मा रहेको सहस्रधाराको ऐतिहासिक महत्व समेत उत्तिकै रहेको पाइन्छ । पार्वतीको जन्मथलो पर्वतको पाङ भएको र सोही क्षेत्रमा रहेको सहस्रधारामा शिव पार्वती दैनिक नुवाउने तथा नजिकै रहेको पार्वती गुफामा लुकामारी खेल्थे गर्थे भन्ने किम्वदन्ती रहिआएको छ भने धार्मिक तथा ऐतिहासिक रुपमा समेत यसको उत्तिकै महत्व रहेको छ ।
‘सहश्रधारा’ नुहाए सिधै मोक्ष प्राप्त हुने जनविश्वास अहिले रहिआएकोले तीर्थालुहरु सहस्रधारा नुहाउन टाढा-टाढाबाट आउने गरेको पाइन्छ । पर्वत जिल्ला सदरमुकाम कुश्माबजार र बागलुङको सदरमुकामको बीचमा रहेको निर्माणाधिन प्रसिद्ध सहश्रधारा दिव्यधामको निर्माण कार्य हाल अन्तिम चरणमा पुगेको छ ।एककरोड २६ लाख रुपैयाँको लागतमा भौतिक विकास गर्न लागिएको भएपनि पछि यस क्षेत्रलाई नेपालकै पवित्र तीर्थ स्थलका रुपमा विकास गर्ने समितिको लक्ष्य रहेको निर्माण समितिले जनाएको छ ।
राष्ट्रिय परोपकार महासंघ मार्फत दाताको सहयोग जुटाएर निर्माण थालिएको सहश्रधारा दिव्यधाममा विशाल महादेवको मूर्ति समेत स्थापना गरी १०८ गौधाराबाट जम्मा भएको पानीलाई तलाउमा जम्मा गरी पुन महादेवको विशाल मूर्तिमा खसाल्दै त्यहाँबाट फेरि एकसय आठ धारामार्फत श्रद्धालु भक्तजनहरुलाई नुहाउने व्यवस्था मिलाइने योजना समितिको छ ।
|
##
|


0 comments:
...