Headlines News :
Home » » सभासद्को दबाबले रोकियो सडक विस्तार

सभासद्को दबाबले रोकियो सडक विस्तार

###
 ६ जेठ, काठमाडौं । सभासद्हरुको दबाब र मुआब्जा तथा क्षतिपूर्ति रकम विनियोजनमा ढिलाइ भएपछि उपत्यकामा जारी सडक विस्तार ठप्प भएको छ । सभासद्हरुले सडकमा चिह्न गाएर छाडिएका ठाउँमा समेत डोजर नलगाउन दबाब दिने गरेका कारण विस्तारको काम अघि बढ्न नसकेको सहरी विकास मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

तीन महिनाअघिबाट सुरु गरिएको सडक चौडा पर्ने अभियान गत मंसिरको संविधानसभा निर्वाचनअघिबाटै रोकिएको थियो । तर, त्यसपछि पनि सभासद्को दवाव र आर्थिक अभावका कारण विस्तारले गति लिन नसकेको स्रोतको भनाइ छ । उपत्यकाको सडक विस्तारलाई सरकारले राष्ट्रिय गौरबको आयोजनामा राखेको नयाँ पत्रिकामा खबर छ ।

‘चुनाव जित्न सडक विस्तारका क्रममा घर भत्काउन पहल गर्ने भन्दै जनतामा गएकाले अहिले सभासद्ले सहयोग गर्न नसकेका हुन्,’ सहरी विकास मन्त्रालयका एक अधिकारी भन्छन् ‘चुनावमा गरिएको वाचामा जनताको दवाब आएपछि सडकमा चिह्न लगाएरु छाडिएका ठाउँमा डोजर नलगाउन दबाब दिने गरेका छन् । उपत्यकाका सभासद्ले सडक विस्तारको मोडल ठीक नभएको भन्दै घुमाउरो पारामा विस्तारको विरोध गर्दै आएका छन् ।
 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar