Headlines News :
Home » » पूर्वाधार विकास कम्पनी कोरियामा लगानी खोज्दै

पूर्वाधार विकास कम्पनी कोरियामा लगानी खोज्दै

###
काठमाडौं : नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशीले तीन वर्षभित्र काठमाडौं-हेटौंडा सुरु ङमार्ग बनाएर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन्। काठमाडौं-हेटौंडा सुरु ङमार्गमा लगानी गर्न इच्छुक व्यक्ति लाई यसबारे जानकारी दिन दक्षिण कोरियाको राजधानी सोलमा हालै आयोजित कार्यक्रममा उनले यस्तो प्रतिबद्धना जनाएका हुन्।

लिंक एसियाले आयोजना गरेको कार्यक्रममा जोशीले भने, 'विदेशी सहयोगले मात्र नेपाल बन्न सक्दैन। हामी आफैंले पनि बनाउन सक्नुपर्छ। नेपाल नेपालीले नै बनाउनुपर्छ भनेर हामी तपाईंहरू समक्ष उपस्थित भएका हौं' विदेशबाट मासिक ४० अर्ब रेमिट्यान्सको रूपमा नेपाल भित्रिन्छ। काठकमाडौं-हेटौंडा सुरुङमार्गका लागि ३५ अर्ब रुपैयाँ आवश्यक पर्ने उनले जानकारी गराए।

उनले यस परियोजनामा लगानी गर्न पाउनु नेपालीहरूका लागि अवसर हुने जानकारी पनि गराए। अहिले काठमाडौंलाई चितवनसँग जोड्ने बाटो दुई सय २७ किलोमिटर छ तर काठमाडौं-हेटौंडा सुरुङमार्गले काठमाडौं र हेटौंडाको दूरी जम्मा ५८ किलोमिटर मात्र हुन्छ। पूर्वाधारमा नेपाली नीजि क्षेत्रको लगानीले नयाँ सम्भावनाका ढोका खुल्ने उनको भनाइ छ। कार्यक्रमका दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले देशको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने परियोजनालाई अघि बढाइरहेको खुसी व्यक्त गरे।

कार्यक्रममा एनआरएनका उपाध्यक्ष तथा टीबीआई ग्रुपका अध्यक्ष भवन भट्टले सुरुङमार्गको परियोजनामा आफूले एक अर्ब लगानी गरेको जानकारी गराए। सुरुङमार्गका लागि हालसम्म दक्षिण कोरियाबाट तीन करोडका लागि आवेदन आइसकेको छ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar