Headlines News :
Home » » सिन्धुलीमा बस दुर्घटना, ६ को मृत्यु, २४ घाइते

सिन्धुलीमा बस दुर्घटना, ६ को मृत्यु, २४ घाइते

###
२२ बैशाख, काठमाडौं । सिन्धुलीमा सोमबार बिहान भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् । काठमाडौंबाट सिन्धुली चकमके जाँदै गरेको बा २ ख ६६०६ नम्बरको बस सिन्धुलीकै कर्करे भन्ने स्थानमा दुर्घटना भएको हो ।

 दुर्घटनामा ज्यान गुमाएका तथा घाइते भएकाहरुको परिचय खुल्न सकेको छैन् । घाइते २४ जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले २४ जना घाइतेलाई अस्पताल पठाएको र उद्दार कार्य जारी रहेको जनाएको छ । बस अनियन्त्रित भएर दुर्घटना भएको हो ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar