### |
काठमाडौं, जेष्ठ ५ - जनकपुर बमकाण्डमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सभासद सञ्जय साह टक्लाले सद्भावना पार्टीको वरिष्ठ उपाध्यक्षबाट राजीनामा दिएका छन् ।
सद्भावना प्रवक्ता सन्तोष मेहताका अनुसार साहले अहिलेको अवस्थामा पार्टीको जिम्मेवारी पूरा गर्न असमर्थ भएको भन्दै शनिबार सिरहास्थित कारागरबाटै काठमाडौं लाखेचौरस्थित पार्टी कार्यालयमा खामबन्दी राजीनामा पत्र पठाएका हुन् ।
अध्यक्ष राजेन्द्र महतोलाई सम्वोधन गरी लेखिएको पत्रमा साहले विषम् परिस्थितीका कारण आफूले पार्टीमा सहयोग गर्न नसकेको दुःखेसो पोखेका छन् । साह थुनामा गएपछि गत साता उनलाई सभासदबाट निलम्बित गरिएको थियो । उनको पत्रबारे छिट्टै छलफल हुने सद्भावनाले जनाएको छ ।
गत वर्ष फोरम लोकतान्त्रिक छाडेर सद्भावना प्रवेश गरेका साहलाई गत साउनमा महतोले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएका थिए । अघिल्लो संविधानसभा चुनावमा फोरम उम्मेदवार भई जितेर भौतिक राज्यमन्त्री भएका उनले दोस्रो संविधानसभा भने सद्भावनाबाट जितेका थिए ।

## |
0 comments:
...