|
###
|
जनकपुरको एक मनिचेञ्जरबाट १० लाख रुपैयाँ लुटिएको छ । जनकपुरको विद्यापती चोकमा रहेको मनिचेञ्जरबाट लुटेराहरुले उक्त रकम लुटेका हुन् । शनिवार दिउँसो तीन जनाको समुहमा आएका लुटेराहरुले मनीचेञ्जरका सञ्चालक मोहम्मद हमिद रेजालाई चक्कु प्रहार गरेर रकम लुटेको प्रहरीले जनाएको छ ।घाइते रेजाको अबस्था गम्भिर रहेको र उनको अहिले जनकपुरमै उपचार भइरहेको जनाएको छ । प्रहरीले लुटेराहरुको खोजी कार्य भइरकेको जनाएको छ ।
|
##
|

0 comments:
...