Headlines News :
Home » » घाइते विष्णुमाया आचार्य कोमाबाट वाहिरिइन (भिडियो क्लिप सहित)

घाइते विष्णुमाया आचार्य कोमाबाट वाहिरिइन (भिडियो क्लिप सहित)

###
गत वुधवार जेरुशलेममा  निजी कारको ठक्करवाट सख्त घाईते भई जेरुशलेमको हदासा एन्केरन असपत्तालको सघन कक्षमा उपचाररत विष्णुमाया आचार्य हाल कोमाबाट वाहिर आएकी छिन । यद्यपी उनको अवस्था अहिलेपनि चिन्ताजनक नै रहेको  उनको उपचारमा संलग्न चिकित्सकहरुलाई उद्त गर्दै उनको हेरचाहमा खटिइरहेकी समाजसेवी अम्विका क्षेत्रीले हामीलाई जानकारी दिनुभयो । समाजसेवी क्षेत्रीका अनुसार अहिले उनलाई बोलाउदा हात, खुट्टा हल्लाउने र हल्का टाउको चलाएर प्रतिक्रिया दिने गरेको बताइन । उनको पछिल्लो अवस्था हेर्दा उनी अचेत अवस्थामा छिन ।

उनलाई अहिले पनि निद्राको इन्जेक्सन दिइराखिएको छ । उनको टाउकोमा गम्भिर चोट लागेर मस्तिष्कमा अत्याधिक रक्तश्राव भइरहेकोमा  हाल रक्तश्राव रोकिएको अस्पताल श्रोतले बताएको छ ।  करिव ८ बर्षअघि रोजगारीकालागि इजरायल प्रवेश गरेकी काठमाण्डौ गंगवु निवासी आचार्य काममा जाने क्रममा सडक पेटीमा हिड्दै गरेको अवस्थामा वुधवार विहान ९ वजे उनलाई निजी कार सडक पेटीमै चढेर ठक्कर दिएको थियो । हाल गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । यस बारेमा कुरा गर्दै समाजसेवी अम्विका क्षेत्रीले यस बारेमा आफूहरुले प्रक्रिया अगाडि वढाइसकेको बताउदै शनिवार साँझसम्ममा  केही कुरा जानकारी गराउने बताउनुभयो । (श्रोत नेपल इजरायल डट नेट )

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar