### |
७ जेठ, काठमाडौं । संविधानसभा तथा व्यवस्थापिका संसद् बैठकमा दिन ढल्दै गएपछि हल पनि खाली हुँदै जाने प्रवृत्ति अझै रोकिएको छैन् । सभासद्ले बैठक छाडेर हिँड्ने गरेपछि वाक्क भएका सभामुख सुवास नेम्वाङले पटक-पटक बैठक उपस्थित हुन र पूरा समय विताउन आग्रह गरे पनि सभासद्ले टेर्ने गरेका छैनन् । आफ्नो समयमा बोल्ने र बोलिसकेपछि अरुको कुरा सुन्न नबस्ने र बाहिरिने सभासद्हरुको लर्कोमा शीर्ष नेताहरु पनि कम छैनन् ।
सोमबार दिउँसो १ बजे बोलाइएको संविधानसभा बैठकमा बैठक सुरु हुनुअघि राष्ट्रिय गान बजाउँदा भरिभराउ बैठक कक्ष साँझ चार बज्दा खाली भइसकेको थियो । कहिले बोल्ने पालो आउला भनेर व्यग्रताका साथ पर्खने र पालो आउनासाथ बोलेर निस्कने सभासद्को प्रवृत्तिप्रति बैठक हेर्न गएका दर्शकदीर्घामा बस्नेहरुले समेत तीतो प्रहार गर्ने गरेको बुधबार साप्ताहिकमा खबर छ । सामेबारको बैठकमा कांग्रेसका सभासद् बस्ने लहरका सुरुका पाँच लाइनमा एक जना पूर्णबहादुर खड्का मात्र बाँकी थिए भने माओवादीको लहरमा शक्ति बस्नेत र भक्ति पाण्डे मात्र थिए । एमाले सभासद्को प्रवृत्ति पनि त्यो भन्दा भिन्न थिएन् । हिजोको बैठकमा अघिल्लो पटक प्राकृतिक स्रोत र आर्थिक अधिकार बाँडफाँडसम्बन्धी प्रतिवेदनमाथि छलफल भएको थियो । बैठकमा झन्डै तीन दर्जन सभासदहरुले आ-आफ्नो धारणा राखेका थिए ।

## |
0 comments:
...