Headlines News :
Home » » पाथिभरा क्षेत्रमा वैशाखमै हिउँ परयो, हिउँ खेल्नेको भिड

पाथिभरा क्षेत्रमा वैशाखमै हिउँ परयो, हिउँ खेल्नेको भिड

###
ताप्लेजुङ, वैशाख २० । ताप्लेजुङको पाथिभरा क्षेत्रमा बैशाख महिनामा पनि हिउँ परेपछि हिउँ खेल्न जानेहरुको भिड बढ्न थालेको छ । पाथिभरा मन्दिर परिसरदेखि माथिल्लो फेदिसम्म एक फिटसम्म हिमपात भएपछि सदरमुकाम फुङ्लिङ, छिमेकी जिल्ला पाँचथर र तेह्रथुमका विभिन्न स्थानबाट हिउँ खेल्न जाने युवायुवतीको भिड लाग्न थालेको पाथिभरा मन्दिरका पुजारी डिल्ली आचार्यले जानकारी दिए ।
तल्लो क्षेत्रमा गर्मि बढेकोले गर्दा पनि हिउँमा रमाउनेहरुको संख्या बढेको उनको भनाइ छ ।

 प्राय चैत्र महिनासम्ममा हिउँ पर्ने यस स्थानमा यो वर्ष बैसाख मध्यसम्म पनि हिउँ परिरहेको छ । गर्मीको समयमा हिमपात भए सँगै पाथिभरा मन्दिरमा दर्शन गर्न जाने बृद्धबृद्धा र बालबालिकालाई असहज भए पनि युवाहरु भने हिउँमा फोटो खिच्न र रमाउन व्यस्त देखिन्छन् ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar