###
|
|
रौतहट : माइतीबाट कम दाइजो ल्याएको भन्दै बुहारी हत्या गरी फरार रहेका जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ। सोनरनिया गाबिस १ का ३६ वर्षिय नन्दलाल राय यादवलाई कोपवा पिपरियाको नहरबाट प्रहरीले शनिबार पक्राउ गरेको हो। प्रहरीको चार वर्ष लामो प्रयासपछि उनी पक्राउ परेका हुन्। यादवले चार वर्षअघि कबोल गरेबमोजिम दाइजो नल्याएको भन्दै बुहारीको हत्या गरी भागेका थिए।
बारा जिल्ला पिपरपाती गाविस ९ का अनिता देवीसँग २०६६ असार २७ गते मागी विवाह गर्दा कबोल अनुसार दाईजो नपाएको भन्दै उनका श्रीमान् श्रवण यादव लगायत जेठाजु नन्दलाल राय यादव, सुरजराय यादव, सासु भुखली देवी र नन्द पुनम देवी मिलेर हत्या गरेको किटानी जाहेरी मृतक दाइ विजयराज यादवले दिएका थिए। पक्राउ परेका यादव बाहेक अन्य सवै फरार रहेकाले अन्यको समेत खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।
##
|
|
0 comments:
...