Headlines News :
Home » » ओलीको उपचार गर्न ६० लाख निकासा

ओलीको उपचार गर्न ६० लाख निकासा

###
३ जेठ, काठमाडौं । सरकारले एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको उपचारका लागि ६० लाख रुपैयाँ निकासा गरेको छ । अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार ओलीको उपचारका लागि ५९ लाख ९६ हजार रुपैयाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा निकासा दिइएको हो । ओली हाल थाइल्यान्डको बैंककस्थित बुमरुनग्राड इन्टरनेसनल हस्पिटलमा क्रिप्टोकोकल म्यानेन्जाइटिसको उपचार गराइरहेका छन् ।

गत १९ बैशाखमा बसेको मन्त्रिपरिषद बैठकले ओलीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा रकम निकासा गरिएको अर्थमन्त्रालयले जनाएको नयाँ पत्रिकामा खबर छ । भारतमा डेढ महिना लामो उचापर गरी फर्केको १२ दिनमै स्वास्थ्यमा पुनः समस्या देखापरेपछि ओली गत १४ बैशाखमा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । अस्पतालले त्यति बेलै क्रिप्टोकोकल म्यानेन्जाइटिसको संक्रमण भएको भन्दै औषधि लगाउन शुरु गरिएको थियो । तर १७ बैशाखमा थप उपचारका लागि भन्दै ओलीलाई थाइल्यान्ड लगिएको थियो - 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar