|
###
|
कोरियामा ४ सय ७७ जना सवार पानी जहाज दुर्घटना हुदा देशै सोकाकुल भएको थियो । २ सय जतिको शव बरामद भएको थियो भने १ सय १४ अझै हराईरहेका छन । सयौंको मृत्यु भएको सो दुर्घटनामा सय भन्दा बढि अझै हराईरहेका छ । सो घटनाको आलोचना भएपनि कोरियाको प्रधान मन्त्रीले राजिनामा दिए भने राष्ट्रपतिले क्षमा याचना गरेकी थिइन् । यस्तै नेपालमा हिम पहिरोमा परी १३ जनाको मृत्यु हुदा देश शोकमा डुबेको थियो ।दुवै देशमा शान्तिको कामना गदैं मृतकको आत्माको कामना गदैं सो दिप प्रज्वलन गरिएको हो ।
सो दिप प्रज्वलन कार्यक्रममा नेपालका लागि दक्षिण कोरिया दुतावासका प्रथम सचिव डेनिस कांग ,एन आर एन कोरियाका अध्यक्ष विनाद कुँवर, ग्रामिण क्लब हाउसका मुकुन्द सुवेदी, , नेपाल योंग स्टार ग्रुपका अध्यक्ष यम श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । नेपाल आएको बेला एन आर एन को सहभागितामा यस्तो कार्य गर्न पाउनु राम्रो पहल भएको एन आर एन कोरियाका अध्यक्ष विनोद कुँवरले प्रतिकृया दिएका छन । दुखद घटनामा मृतकको आत्माको चिर शान्तिको कामना गर्दै सो कार्यक्रम गरिएको कँवरको भनाई थियो ।
|
##
|


0 comments:
...