### |
नेपाली लोडसेडिङ सेड्युल, बत्ती गयो, हाम्रो पात्रो, अंग्रेजी नेपाली डिक्सनरी, क्यास एन एड, फुटबल वल्र्डलगायत नेपालीले बनाएका यस्ता धेरै एप्स अहिले चर्चित भइरहेका छन्। त्यस्तै एप्सको बजारमा भर्खरै आएको 'नेपाली टुल्स' पनि दैनिक जीवनमा उपयोगी हुने एप्लिकेसन हो।
प्रयोगकर्ताले यो एपमा धेरै किसिमका सुविधा र विशेषता भेट्न सक्छन्। नेपाली प्रयोगकर्ताप्रति लक्षित यो एपबाट प्रवासमा रहेका नेपालीले पनि धेरै फाइदा लिन सक्छन्। यसमा रहेका आधा दर्जन फिचर घरव्यवहार तथा कार्यालयका काममा सहयोग पु:याउने किसिमका छन्।
मुद्रा सटही दरको ताजा जानकारी पाउन करेन्सी कन्भर्टर, तिथिमिति नेपाली र अंग्रेजीमा रूपान्तरण गर्न डेट कन्भर्टर, धेरै मानिसले दैनिक योजना बनाउन ध्यान दिने गरिएको राशिफलको सुविधा पनि 'नेपाली टुल्स'मा छ।
यसमा धेरै अनलाइन पोर्टलहरूमा प्रकाशित भएका समाचार एकसाथ हेर्न सकिन्छ। यस्तै नेपाली अनलाइन रेडियोहरू सुनाएर यो एपले प्रयोगकर्तालाई अद्यावधिक बनाइरहन्छ। अहिले यो एप एन्ड्रोइड मोबाइलका लागि गुगलको प्लेस्टोरमा उपलब्ध छ। यसलाई चाँडै नै आईओएस र विन्डोजका लागि विकास गरिने विकासकर्ता उद्धव तामाङ बताउँछन्।
## |
0 comments:
...