Headlines News :
Home » » नेपालीको उद्धारका लागि विशेष प्रतिनिधि आज इराक जाँदै

नेपालीको उद्धारका लागि विशेष प्रतिनिधि आज इराक जाँदै

###
काठमाडौं : इराकमा दुई समुदायबीच द्वन्द्व चर्कंदै गएपछि समस्यामा परेका नेपालीको अवस्था पहिचान गरी उद्धार गर्न सरकारको 'विशेष प्रतिनिधि' का रूपमा अर्जुनकान्त मैनाली मंगलबार त्यसतर्फ जाँदैछन्। उनी कुवेतबाट बगदाद जानेछन्। उनलाई पाकिस्तानस्थित नेपाली दूतावासका उपप्रमुख तीर्थ अर्यालले साथ दिनेछन्।

परराष्ट्र मन्त्रालयका सहसचिव मैनालीले भने, 'म यहाँबाट कुवेत जानेछु। त्यहाँबाट सबै परिस्थिति अध्ययन गरेर उद्धारका लागि बगदाद जानेछु। सहकर्मीले सबै तथ्यांक लिने काम गरिसक्नुभएको छ। पाकिस्तानस्थित नेपाली दूतावासले समस्यामा परेका नेपालीसँग लगातार सम्पर्कमा रहेर जानकारी लिने काम गरिरहेको छ।' उनका अनुसार इराकी सरकार, रोजगारदाता र अन्तर्राष्ट्रिय मानवीय संगठनमार्फत उद्धार प्रक्रिया अघि बढाइनेछ।

मन्त्रालयका प्रवक्ता दीपक धितालले भने, 'विशेष प्रतिनिधि (उहाँ) मंगलबार त्यसतर्फ जानुहुनेछ। अधिकारसहित जान लाग्नुभएकाले सबै पक्ष बुझेर उहाँले उद्धारका लागि पहल गर्नुहुनेछ।'

टिक्रिटमा सात नेपाली बन्दी बनेका छन्। 'उनीहरू बाहिर निस्कन नसकेर समस्यामा परेका हुन्। कागजात बनिसकेको छ तर बाहिरको अवस्था नियन्त्रणमा नरहेकाले उद्धार गरी फर्काउन असहज भएको हो', एक अधिकारीले भने।

इराकमा नेपाली कामदार कति र कस्तो अवस्थामा छन् भन्‍नेबारे सरकार बेखबर छ।

पाकिस्तानका लागि नेपालका राजदूत भरतराज पौड्यालले टेलिफोनमा भने, 'हामीले सबै खालको विक ल्पको खोजी गर्दै उद्धार प्रक्रिया अघि बढाएका छौं।'

इराकका विभिन्‍न स्थानमा रहेका नेपालीबाट सहयोगका लागि अनुरोध भइरहेको मन्त्रालयका सहसचिव प्रकाश सुवेदीले बताए।

सिया र सुन्‍नी समुदायबीच द्वन्द्व चर्किएका कारण इराकका अधिकांश सहरमा हिंसा भइरहेको छ। सरकारले इराकमा काम गर्न जान बन्देज लगाए पनि विभिन्न मुलुक भएर त्यहाँ नेपाली पुगेका छन्।

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar