### |
अछाम : अछाम क्षेत्रनम्बर २ का पूर्वसभासद् शरदसिंह भण्डारीको संसद विकास कोषमार्फत खरिद गर्ने भनिएको एम्बुलेन्स तीन वर्षदेखि कागजमा मात्र सीमित छ। जिल्लाको पूर्वी क्षेत्रका जनतालाई सेवा दिने उद्देश्यले प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारमा ल्याउने भनिएको एम्बुलेन्स तीन वर्ष बितिसक्दा पनि अझै खरिद गरिएको छैन। एम्बुलेन्स खरिद समितिका अध्यक्ष खडक भण्डारीले एम्बुलेन्स खरिद नै नगरी कमलबजार प्राथमिक स्वाथ्य केन्द्रमा दाखिला गर्न लगाएर जिल्ला विकास समितिबाट रकम भुक्तानी लिइसकेका छन्।
जिल्ला स्वास्थ्य प्रमुख डाक्टर रामबहादुर केसीले एम्बुलेन्स खरिद समितिले नाटकीय रूपमा प्राथमिक स्वास्थ्य केन्द्रका अहेबलाई दाखिला गर्न लगाएको बताए। कमलबजार प्राथमिक स्वाथ्य केन्द्रले दिएको एम्बुलेन्स स्टोरमा दाखिला गरेको पत्रका आधारमा जिविसले रकम निकासा दिएको जिविस योजना अधिकृत खेमराज जोशीले जानकारी दिए।
एम्बुलेन्स खरिद समितिले जिल्ला स्वास्थ्य कार्यालयबाट एम्बुलेन्स खरिदका लागि भन्सार छुटको पत्रसमेत लगेको थियो। सांसद विकास कोषको सात लाख ३५ हजार र स्वास्थ्य व्यावस्थापन समिति र विभिन्न गाविसको एक लाख ५० हजार गरी आठ लाख ८५ हजार मूल्यमा एम्बुलेन्स खरिद गर्ने निर्णय भएको थियो।
एम्बुलेन्स खरिद समितिको अध्यक्ष रहेका भण्डारी सभासद् भण्डारीका नजिकका नातेदार हुन् भने अर्का डन्डी सञ्ज्याल भण्डारी सभासद् हुँदा उनको स्वकीय सचिव थिए। एम्बुलेन्स खरिद गर्ने जिम्मा लिएकाले पटकपटक चाँडै एम्बुलेन्स ल्याउने प्रतिबद्धता जनाए पनि अहिलेसम्म एम्बुलेन्स सडकमा गुडेको छैन।
जिविसले प्राथमिक स्वास्थ्य केन्द्रले स्टोर दाखिला गरेको पत्रका आधारमा रकम भुक्तानी दिए पनि महालेखा परीक्षकको टोलीलाई एम्बुलेन्सको चेसिस नम्बर र ब्लुबुक देखाउन नसकेपछि उक्त रकम बेरु जु देखिएको छ। जिल्लातहमा पटकपटक सञ्चारमाध्यम र सरोकारवालाले एम्बुलेन्सको बारेमा आवाज उठाउने गरिए पनि खासै सुनुवाइ हुन सकेको छैन।

## |
0 comments:
...