Headlines News :
Home » , » पाँच कम्युनिष्ट पार्टीबीच कार्यगत

पाँच कम्युनिष्ट पार्टीबीच कार्यगत

###
एकीकृत माओवादी नेतृत्वमा पाँच कम्युनिष्ट पार्टीबीच कार्यगत एकता भएको छ । काठमाडौंमा शनिबार  एक कार्यक्रम गरी पाँच कम्युनिष्ट पार्टीबीच कार्यगत एकता भएको घोषणा गरिएको हो ।

५ पार्टीले राष्ट्रिय स्वाधिनता र असमान सन्धि सम्झौता खारेजीको मुद्दा उठाउँदै संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।


कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन रुपमा पहिचानसहितको संघीयता बनाउनु एकताको मुख्य उद्देश्य भएको  बताए ।उनले कार्यगत एकता आजको ऐतिहासिक आवश्यकता भएको बताए।
एमाओवादीका अध्यक्ष प्रचण्ड, नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य किरण,  नेकपा माओवादीका संयोजक मातृका यादव,क्रान्तिकारी कम्युनिष्ट पार्टीका मणि थापा र नेकपा एकीकृतका परी थापाबीच एकताको घोषणा भएको हो ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar