Headlines News :
Home » » इराकको ठूलो तेल प्रशोधन केन्द्र सुन्नी लडाकुको कब्जामा

इराकको ठूलो तेल प्रशोधन केन्द्र सुन्नी लडाकुको कब्जामा

###
काठमाडौं, आषाढ १० । इराकमा सुन्नी लडाकुहरुले उत्तरी इराकको बैजीस्थित देशकै ठूलो तेल प्रशोधन केन्द्र कब्जामा लिएको घोषणा गरेका छन् । विद्रोही र सरकारी सुरक्षा फौजवीच सो तेल प्रशोधन केन्द्रमा १० दिनदेखि संघर्ष जारी रहेको थियो ।
इराकबाट उत्पादन हुने तेल प्रशोधन गर्ने देशको तेस्रो केन्द्र विद्रोहीको कब्जामा गएपछि यसको असर अन्र्तराष्ट्रिय तेल बजारमा पर्ने अनुमान गरिएको छ । मोसुल, टिक्रिटलगायतका ठूला शहर र सिरिया तथा जोर्डनको सीमा कब्जा गरेका सुन्नी विद्रोहीहरु राजधानी बग्दादतर्फ अगाडि बढिरहेका छन् ।
यसैबीच बग्दाद पुग्नुभएका अमेरिकी विदेशमन्त्री जोन केरीले इराकी नेताहरुसंग छलफल गरेपछि विद्रोही विरुद्धको अभियानमा इराकी सरकारलाई हरेक खाले सहयोग निरन्तर गर्ने बताएका छन् ।


##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar