Headlines News :
Home » » देवरानीको कुटाइबाट जेठानीको मृत्यु

देवरानीको कुटाइबाट जेठानीको मृत्यु

###
रामेछाप, असार ४ – देवरानीको कुटाइबाट रामेछापमा एक जनाको ज्यान गएको छ । जिल्लाको बेताली गाविस १ की ३२ वर्षीया राधा रोकाको देवरानीको कुटाइबाट ज्यान गएको हो ।
मदिरा सेवन गरी झगडा गर्ने राधाले देवरानी तुलसा रोकालाई ससुरासँग अनैतिक सम्बन्ध रहेको आरोप लगाएपछि तुलसाको कुटाइबाट उनको ज्यान गएको हो ।
मदिरा सेवन गरी राधाले झगडा गरेपछि दुईबीच कुटाकुट भएको थियो । कुटाकुटबाट गम्भीर घाइते भएकी राधाको उपचारका लागि दोलखा लैजाने क्रममा बाटोमा ज्यान गएको हो । प्रहरीले तुलसा रोकालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीसँगको बयानमा तुलसाले आफूलाई जथाभावी गाली गरेपछि रिसको झोंकमा कुटेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar