Headlines News :
Home » » बेल्जियमको भेट अर्जेन्टिनासँग

बेल्जियमको भेट अर्जेन्टिनासँग

###
जारी विश्वकपको प्रि क्वाटरफाइनलको अन्तिम खेलमा अमेरिकाविरुद्ध जित हात पार्दै बेल्जियम क्वाटरफाइनलमा पुगेको छ । बेल्जियमले आफ्नो क्वाटरफाइनल खेल अर्जेन्टिनाविरुद्ध खेल्नेछ । निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि अतिरिक्त समयमा पुगेको खेलमा बेल्जियमले अमेरिकालाई २-१ ले हरायो ।
अतिरिक्त समय सुरु भएको तेस्रो मिनेटमा नै बेल्जियमको लागि केभिन डे ब्रुयनीले लुकाकुबाट पाएको पासमा वान टच सट खेल्दै बललाई जाली चुमाए । बेल्जियमको अग्रतालाई १०५ औं मिनेटमा लुकाकुले दोब्बर बनाए । पेनाल्टी एरियाभित्र डि ब्रयुनीबाट पाएको बलमा वान टच खेल्दै उनले सुन्दर गोल गरेका हन् ।
दोस्रो गोल खाएको दुई मिनेट पछि नै अमेरिकाको लागि सब्स्टिच्युटको रुपमा मैदान छिरेका जुलियन ग्रीनले गोल गर्दै टोलीमा आशाको सञ्चार गरे । उनले पेनाल्टी एरियाभित्र पाएको बललाई भली खेल्दै बेल्जियम गोलकिपर कर्टियसलाई बिट गरेका थिए ।
उनको गोल गरे लगत्तै अमेरिकाले आक्रामक खेल खेल्न सुरु गरेको थियो । खेलको अन्तिम मिनेटमा अमेरिकाले बेल्जियमलाई पूर्णत दबाबमा राखेर गोलको केही अवसर सिर्जना गरेपनि गोल गर्न भने असफल रह्यो ।
एक गोल फर्काएलगत्तै अमेरिकाका जोन्सले अर्को अवसर गुमाए । उनले पेनाल्टी एरिया भित्रबाट प्रहार गरेको सर्ट पोष्ट नजिकैबाट बाहिरिएको थियो ।
खेलको पहिलो मिनेटदेखि नै अमेरिकी गोलकिपर व्यस्त बनेका थिए । खेलको पहिलो मिनेटमा ब्रुयनीले पास खेल्दै लगेको बलमा ओरिगीले वान टच सट पोष्टमा प्रहार गरेका थिए । अमेरिकी गोलकिपर हावार्डले खुट्टाले उक्त बल बचाए ।
खेलको २१ औं मिनेटमा अमेरिकाको लागि डेम्प्सेले आक्रामण गरेका थिए । उनले गरेको प्रहार बेल्जियमका गोलकिपर कर्टियसले रोकिदिए । लगत्तै ब्रुयनीले अमेरिकी पोष्टमा गरेको आक्रमण पोष्ट नजिकैबाट बाहिरियो ।
खेलको २६ औं मिनेटमा अमेरिकी डिफेन्डरले बचाए । बेल्जियमका ओरिगीले गोलको लागि अघि बढाउदै गरेको बल अमेरिकी डिफेन्डर बिस्लेले ट्याकल गरी बचाए ।
दोस्रो हाफमा बेल्जियम झन् आक्रामक बन्यो । बेल्जियमका स्ट्राइकर ओरिगीले पटक पटक पाएको प्रहार गोलमा परिणत हुन सकेन । ५७ औं मिनेटमा ओरिगीले गरेको हेड पोष्ट नजिकैबाट बाहिरियो ।
६० मिनेटमा बेल्जियमकेा लागि ड्राईज मर्टेन्सले गरेको प्रहारले पनि सही दिशा लिएन । दोस्रो हाफमा बेल्जियमका खेलाडीले प्रहार गरेको आधा दर्जन प्रहार रोक्दै अमेरिकी किपर हावार्डले खेललाई अतिरिक्त समयसम्म पुर्‍याएका थिए ।

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar