### |
साओपाउलो : ब्राजिलियन टोलीका प्रशिक्षक लुइज फिलिप स्कोलारीले कोलम्बियाविरुद्धको क्वार्टरफाइनल खेलमा आफ्नो टोलीमा सुधारको आवश्यकता रहेको बताएका छन्। उनले चिलीसँगको जस्तो खेल खेलेर कोलम्बियालाई हराउन नसकिने दाबी गरेका छन्।
ब्राजिलले प्रिक्वार्टरफाइनलमा चिलीलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले हराएको थियो। कोलम्बियाले भने दुईपटकको विश्वकप विजेता उरुग्वेलाई २-० गोलले हराएर क्वार्टरफाइनलमा पुगेको टोली हो।
'हामीले चिलीसँग खेलेको जस्तो खेललाई नै निरन्तरता दियौं भने कोलम्बियालाई हराउन गाह्रो छ। त्यसैले आगामी खेलमा सुधार ल्याउनु आवश्यक छ', उनले भने।
पाँचपटकको विश्वकप विजेता ब्राजिललाई क्वार्टरफाइनलमा छिमेकी प्रतिद्वन्द्वी कोलम्बियाले दह्रो चुनौती दिने अनुमान गरिएको छ। -एजेन्सी

## |
0 comments:
...