Headlines News :
Home » » इजरेली प्रहरी,प्यालेस्टाइनी युवाबीच झडप

इजरेली प्रहरी,प्यालेस्टाइनी युवाबीच झडप

###
पूर्वी जेरुसलममा मंगलबार राती एक प्यालेस्टाइनी किशोरको जलेको शव भेट्टिएपछि विरोधमा उत्रिएका प्यालेस्टाइनी युवाहरु र इजरेली दंगा प्रहरीबीच झडप भएको छ।
सत्र वर्षीय ती किशोर मोहम्मद अबु खदेरका परिवारले उनलाई नजिकैको
मस्जिदमा प्रार्थना गर्न जान लागेको बेला एउटा कारमा जबरजस्ती हालेर लगिएको बताएका छन्।
इजरेली प्रहरीले चाहिँ हालै तीनजना इजरेली किशोरहरुको वेस्ट ब्याँकमा गरिएको अपहरण र हत्याको बदलामा यो घटना भएको हुनसक्ने बताएको छ।
ती किशोरको लाश इजरेलका प्रहरीले पूर्वी जेरुसलमको एक जंगलमा भेट्टाएका थिए।
हत्याको कारण यकीन नभएपनि हालै तीनजना इजरेली युवाहरुको अपहरणपछि हत्या गरिएको घटनाको बदलास्वरुप यो घटना गराइएको हुन सक्ने ठानिएको छ।
प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले ती किशोरको हत्याको भर्त्सना गरेका छन।
क्रुद्ध
सो घटनाले क्रुद्ध बनेका प्यालेस्टाइनी युवाहरु ती मृत किशोरको घर नजिकै इजरेली दंगा प्रहरीविरुद्ध झडपमा उत्रिएका थिए।
"हत्याको कारण यकीन नभएपनि हालै तीनजना इजरेली युवाहरुको अपहरणपछि हत्या गरिएको घटनाको बदलास्वरुप यो घटना गराइएको हुन सक्ने ठानिएको छ"
उनीहरुले प्रहरीविरुद्ध ढुंगा प्रहार गरेका थिए।
झडप भएको स्थलनिर पुगेकी बीबीसी सम्वाददाता योलान्द नेल भन्छिन्, जवाफस्वरुप इजरेली दंगा प्रहरीहरुले पटक-पटक रबरका गोली प्रहार गरेका छन। अनि जुन यहाँ धुवाँ उडेको देखिन्छ, त्यो चाहिँ इजरेली ट्रामका निम्ति बनाइएका शिविरहरुमा प्यालेस्टाइनीहरुले लगाइदिएको भनिएको आगोका कारण हो।
जेरुसलम नगरका मेयर निर बारकातले संयम अपनाउन अपील गरेका छन्।
घटनामा ज्यान गुमाएका किशोर मोहम्मद अबु खदेरका आफन्तका अनुसार उनलाई पूर्वी जेरुसलमको अरब बहुल जिल्ला शुफतमा उनको बुबाको पसलनजिकैबाट अपहरण गरिएको थियो।
केही व्यक्तिले बाटो सोध्ने बहानामा गाडी रोकेर उनीसँग कुरा गरेको र लगत्तै उनलाई जबरजस्ती गाडीमा हालेर लगेको बताइएको छ।
हत्या
त्यसको केही घण्टामा शरीरका केही भाग जलेको र कुटपिटको निशान भएको उनको लाश फेला परेको थियो।
इजरेलका आन्तरिक सुरक्षामन्त्रीले हत्याको उद्देश्यबारे निचोडमा पुगिहाल्न हतारो हुने बताएका छन्।
यो एक आपराधिक घटना वा राजनीति प्रेरित घटना दुवै हुन सक्ने भन्दै अनुसन्धान भइरहेको उनले जनाए।
उनको हत्या तीनजना यहुदी विद्यार्थीहरुको अपहरण र हत्या भए लगत्तै भएकोले यसलाई बदलाको कारवाहीको रुपमा प्यालेस्टाइनीहरुले हेरेका छन।
करीब अढाइ साताअघि अपहरित ती तीन इजरेली युवाका मृत शरीर सोमबार हेब्रोन शहर नजिकै भेटिएको थियो।
पछिल्लो तनावले इजरेल र प्यालेस्टाइनबीचको सम्बन्धमा जोखिम बढाउने खतरा देखिएको जानकारहरु बताउँछन्। साभार बिबिसी नेपाली 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar