### |
समाचार अनुसार चीनको हेलोंगजियांग प्रान्तस्थित एन्डाका बासिन्दा लिउले आफ्नो घरमा पालेको कुकुर नामूद अम्मली बनेको हो । लिउ आफैपनि धूमपानका अम्मली हुन् । उनले चुरोट तानेको देखासिकी गर्दै उनको कुकुरले पनि चुरोट पिउने बानी बसाल्यो । अहिले मेइया नामको त्यो छाउरो धूमपानको यस्तो अम्मली बनेको छ की राति सुत्ने बेलामा उसलाई चुरोट नभै हुन्न ।
लिउका अनुसार उसले पोहोरबाट चुरोट तान्न सिकेको हो । लिउले चुरोट तानेको बेला समेत आजकल मेइया उनको छेउँमै बस्छ र चुरोटको धुवाँ सुँघेर आनन्द मान्छ । सुत्ने बेलामा त उसलाई अनिवार्य चुरोटको धुवाँ सुँघ्नैपर्छ ।
मेइयाले जे पायो त्यो चुरोट कहाँ पिउँछ र ? उसलाई युग्जी ब्राण्डको चुरोट चाहिन्छ, जुन उसका मालिकले प्रायः प्रयोग गर्छन् ।
आफ्नो कुकुर आफुजस्तै अम्मली बनेपछि लिउलाई उसको स्वास्थ्यको चिन्ता लाग्न थालेको छ । कुकुरले छिटै चुरोटको लतबाट छुटकारा पाउने आशा उनले गरेका छन् ।
## |
0 comments:
...