Headlines News :
Home » » लोग्‍ने वैदेशिक रोजगारीमा, पत्‍नी चोरीमा

लोग्‍ने वैदेशिक रोजगारीमा, पत्‍नी चोरीमा

###
काठमाडौं : मकवानपुर हर्नामाडीकी रीता श्रेष्ठको जीवनमा एकाएक परिवर्तन आयो। पति वैदेशिक रोजगारमा खाडी मुलुकमा गएपछि रीताले अनौठो पेसा अँगालिन्। कालान्तरमा त्यो पेसा उनका लागि अभिशाप बन्यो। रीताको पेसा थियो, गहना चोरी। पसलमा गहना किन्‍ने बहानामा न्युरोडका ठूल्ठूला गहनापसलमा घन्टौं बिताउने रीताले चोरेरै गहना थुपारिन्। महानगरीय प्रहरी अपराध महाशाखामा गत असार ३ गते न्युरोडको अष्टमंगल ज्वेलरी पसलबाट सुनको सिक्री चोरिएको उजुरी परेपछि रीताको कर्तुतबारे प्रहरीले अनुसन्धान सुरु गर्‍यो।


गहना पसलमा राखिएको सीसीटीभी फुटेजमा रीताको कर्तुत देखेपछि प्रहरीले उनलाई न्युरोडबाट सोमबार पक्राउ गर्‍यो। रीता पक्राउ गर्न पुगेको प्रहरी टोली एकछिन अक्कनबक्क प:यो। रीताको नाक, कान, घाँटी, नाडी र खुट्टामा गहनाले झकिझकाउ थियो। ठूलै घरानियाँ परिवारकी बुहारीजस्तो देखिएकी रीताले सुरुमा प्रहरीको अरोप अस्वीकार गरिन्। जब प्रहरीले सीसीटीभीमा गहना चोर्दै गरेको दृश्य देखाइदियो, तब रीता आफ्नो कर्तुत स्वीकार्न बाभ्य बनिन्। महानगरीय प्रहरी अपराध महाशाखाका चोरी पिलरका प्रमुख डीएसपी ओम अधिकारीले भने, 'अन्य चोरीका घटनाभन्दा यो अलि फरक किसिमको छ। रीता गहना चोर्न मात्रैका लागि गहनापसल पुग्दैन थिइन्। कहिलेकाहीं गहना खरिदसमेत गर्थिन्, पसलका साहुलाई विश्वासमा लिएपछि गहना चोर्ने उद्देश्य सफल पार्थिन्।' ललितपुर धापाखेल बस्दै आएकी रीताले गहना चोर्न जाँदा खुट्टामा सुनकै पाउजु लगाएर जान्थिन्। डीएसपी ओमका अनुसार रीताले धेरै मोडेलका गहना देखाउनुस् भन्दै त्यसमध्ये एउटा चोरी गर्थिन्, जुन साहुलाई पत्तै हुँदैनथ्यो।

प्रहरीले रीताको झोला र डेराबाट आठवटा सुनका सिक्री, १२ वटा सुनका औंठी, दुईवटा सुनको पञ्चरत्न बाला, दुईवटा लकेट, दुईवटा पाउजु, ६ वटा सुनको मुन्द्रा, एक जोर सुनको चेन भएको टप, दुईवटा सुनको मुगा भएको लकेट, एक जोर सुनको बिच्छी, १८ वटा चाँदीका औंठी, चारवटा चाँदीका सिक्री, १६ जोर चाँदीको पाउजु, नौ जोर चाँदीको बाला र नौ जोर चाँदीको क ल्ली बरामद गर्न सफल भएको छ। 'अहिलेसम्म अष्टमंगलको मात्रै जाहेरी आएको छ। थप जाहेरी आउने क्रम छ, अनुसन्धान जारी छ', डीएसपी ओमले भने।

गहनापसलमै काम गर्ने लुटपाटमा संलग्न

काठमाडौं : सुनपसलमै काम गर्ने दुईजना लुटपाटमा संलग्न रहेको पाइएको छ। कोटेश्वरस्थित दन्तकाली सुनचाँदी पसलमा सुन खरिद गर्न पुगेकी सविता चौधरीको ब्याग लुटेर भागेका भारत सिलगुढीका पप्पु गोयल र नेहाल कुमाल पक्राउ परेका छन्। प्रहरीका अनुसार उनीहरू दन्दकालीका कामदार हुन्। चौधरीको ब्याग खोसेर भागेपछि प्रहरी टोलीले लखेटेर पक्राउ गरेको हो। ब्यागभित्र १० हजार नगद, सुनका झुम्का, मोबाइल र चाँदीको सिक्री थियो। प्रहरीले लखेट्दा लडेर गोयलको खुट्टा भाँच्चिएको छ।

यसैबीच ललितपुर इमाडोलका प्रदीप शाहको घरमा डेरा गरी बस्ने सचिन कर्णको कोठाबाट चोरी गर्ने अभियुक्तलाई प्रहरीले चोरी भएका समानसहित पक्राउ गरेको छ। कर्णको कोठामा कोही नभएको समयमा भारत लखनउका रमेश गिरी, बाला गिरीले झ्यालको ग्रिल काटी भागेका थिए। प्रहरीले सूचनाका अधारमा उनीहरूलाई सोमबार अपराह्न पक्राउ गरेको थियो। महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डीएसपी पवन गिरीका अनुसार प्रहरीले थप अनुसन्धान गर्दै जाँदा उक्त समान भारत आन्ध्रप्रदेशकी लक्ष्मी गिरीको कोठाबाट फेला परेको थियो। प्रहरीले लक्ष्मीको कोठाबाट ५० हजार तीन सय ६५ भारु, एक लाख ८६ हजार ६ सय नेपाली रुपैयाँ, मोबाइल, क्यामेरा, सुनचाँदीका विभिन्न गरगहना बरामद गरेको छ। डीएसपी गिरीका अनुसार पक्राउ परेका अभियुक्त चोरी गर्नकै लागि भारतबाट नेपाल आएका हुन्।

पैसा छरेर पाँच लाख लुटियो

सुकेधाराका प्रितमबहादुर राणाको पाँच लाख रुपैयाँ लुटपाट भएको छ। खिचापोखरीस्थित इन्टरनेसनल डेभलपमेन्ट बैंकबाट उक्त रकम निकाली सोमबार साँझ आफन्तको घर जाने क्रममा अपरिचित एक व्यक्तिले कार पछाडि १०/२० रुपैयाँका नोट छरेर 'तपाइँको पैसा खसेछ' भनेपछि राणाले ब्याग कारभित्र राखी पैसा टिप्न थालेका थिए। त्यही बेला चोरले राणाको कारमा रहेको ब्याग चोरेर भागेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar