###
|
|
भाद्र १३ गते सार्वजनिक हुन लागेको चलचित्र ‘यो कथा हो तिम्रो मेरो’को ट्रेलर सार्वजनिक भएको छ । ओम प्रतिकको कथा तथा निर्देशनमा तयार भएको यो चलचित्रमा सुमन सिंह, रिस्ता बस्नेत, रवि कार्की लगायतका कलाकारको अभिनय छ ।
चलचित्रले पारिवारिक प्रेमको कथा बोल्छ । नेपाली दर्शकले विशुद्ध नेपाली परिवेश बोकेको पारिवारिक प्रेम कथालाई हेर्न नपाएको लामो समय भैसकेको छ । चलचित्रको सार्वजनिक ट्रेलर आकर्षक बनेको छ । कथावस्तु र संवादलाई दर्शक वाध्ने खालको बनाउन माहिर निर्देशक ओम प्रतिक ‘यो कथा हो तिम्रो मेरो’बाट पूर्ण सन्तुष्ट रहेको बताउछन् ।
##
|
|
0 comments:
...