Headlines News :
Home » » फेरि घाइते भए स्टार खेलाडी नेमार

फेरि घाइते भए स्टार खेलाडी नेमार

###
म्याड्रिड : स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार खेलाडी नेमार फेरि घाइते भएका छन्। अभ्यासका क्रममा बिहीबार घाइते भएपछि ब्राजिलियन खेलाडी नेमारले स्पेनिस ला लिगाको पहिलो खेलमा क्लबको प्रतिनिधित्व गर्न नसक्ने सम्भावना बढेको छ। ला लिगाको नयाँ सिजन यसै सप्ताहान्त सुरु हुँदै छ।

अभ्यासका क्रममा नेमारको देब्रे खुट्टाको गोली गाँठोमा चोट लागेको बार्सिलोनाले जनाएको छ। 'अभ्यासपछि नेमारले खुट्टामा पीडा भएको बताएका थिए। स्वास्थ्य परीक्षणपछि उनको देब्रे खुट्टाको गोली गाँठोमा समस्या देखिएको छ',

बार्सिलोनाद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ। उनको खुट्टामा देखिएको समस्या कति गम्भीर हो भन्ने कुरा विस्तृत परीक्षणपछि मात्र पत्ता लाग्ने क्लबले जनाएको छ।

'ला लिगाको पहिलो खेलमा नेमारले खेल्न सक्छन् वा सक्दैनन् भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था छैन', क्लबले भनेको छ। नयाँ सिजनको ला लिगाको पहिलो खेलमा आइतबार बार्सिलोनाले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी एल्चको सामना गर्नेछ।

नेमार भर्खरै मात्र स्वस्थ भएर मैदानमा फर्किएका हुन्। यसअघि ब्राजिलमै भएको विश्वकप फुटबलका क्रममा २२ वर्षीय नेमार गम्भीर घाइते भएका थिए। विश्वकपमा कोलम्बियाविरुद्धको क्वार्टरफाइनल खेलका क्रममा उनको मेरुदण्डको हड्डी भाँचिएको थियो। सोही कारणले उनले विश्वकपको सेमिफाइनल खेल पनि खेल्न सकेका थिएनन्।

नेमारको अनुपस्थितिमा उनको टोली पनि विश्‍वकपको सेमिफाइनलमै लज्जास्पद हार ब्यहोर्दै उपाधि होडबाट बाहिरिएको थियो। उक्त चोटबाट मुक्त भएर मैदानमा फर्किएपछि नेमारले गत सोमबार बार्सिलोनाका तर्फबाट मेक्सिकन लिग च्याम्पियन लियोनसँग मैत्रीपूर्ण खेल खेलेका थिए। उक्त खेलमा नेमारले दुई गोल पनि गरेका थिए।-एजेन्सी

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar