|
###
|
सुनसरी, भाद्र ७ । अरुको भर परेर बस्ने भन्दा आफूले जानेको काम गरे जिन्दगी सजिलैसँग काट्न सकिने उदाहरण बनेका छन्, नेपालकै अग्ला व्यक्ति राजन अधिकारी । सरकारी मुख ताकेर बस्नुभन्दा आफैंले नै व्यवसाय गरेर जीवन गुजारा गर्न अधिकारीले बंगुरपालन सुरु गरेका छन् ।
उनले इटहरी ५ स्थित काब्यबाटिका छेउमा डेढ बिघा जग्गा भाडामा लिएर बंगुरपालन सँगै माछा, कुखुरा, हाँस र तरकारी खेती सुरु गरेका छन् । उनको फर्ममा हाल ४२ बंगुर, ५ हजार माछा, १८ हाँस, दुईओटा गाई छन् ।
फर्मको वरिपरी विभिन्न प्रजातीका तरकारी लगाइएको छ । बढी उचाईका कारणले बेला–बेला बिरामी भइरहने राजनका एक छोरा, एक छोरी र श्रीमती छन् ।
खोटाङको मात्तिम गाविसमा २०३५ साल भाद्र १ मा जन्मिएका राजन अधिकारीको उचाई ७ फिट ३ इञ्च छ । उनी २०५७ सालमा नेपालकै सबैभन्दा अग्लो व्यक्ति घोषित भएका थिए ।

##
|

0 comments:
...