|
###
|
चारबुँदे सहमति कार्यान्वयन गर्न एमाओवादीको जोड
८ भदौ काठमाडौं । प्रधानमन्त्री निवासमा आयोजित तीन दलको बैठकमा मनमुटाव भएपछि एमाओवादी नेताहरुले बैठक बहिस्कार गरेर हिँडेका छन् ।
कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरु सम्मिलित बैठकमा एमाओवादी नेताले तीन दलवीच भएको चारबुँदे सहमति कार्यान्वयन गर्न माग गरेका थिए । तर, कांग्रेस उपसभापति रामचन्द्र पौडेलले चारबुँदे सहमति नमान्ने कांग्रेस र एमालेवीच सहमति भएको बताए पनि प्रचण्ड, बाबुरामलगायतका माओवादी नेताहरु बैठक छाडेर बाहिरिएका छन् ।
‘कांग्रेस र एमालेका नेताहरु संविधान निर्माणप्रति इमान्दार देखिएनन्, तीन दलको बैठकपछि एमाओवादी अध्यक्ष प्रचण्डलाई उधृत गर्दै एक माओवादी नेताले भने-’चार दलीय सहमति कार्यान्वयन नगरिएसम्म अब एमाओवादीले कांग्रेस र एमालेसँग कुनै पनि वार्ता गर्दैन ।’
दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भएपछि तीन दलवीस्च भएको सहमतिमा सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गर्ने, चुनावमा भएको धाँधलीबारे संसदीय छानविन समिति बनाउने र उच्चस्तरीय राजनीतिक समिति बनाउने लगायउतका विषयमा सहमति भएका थिए । सो सहमतिका बेला उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व एमाओवादी अध्यक्ष प्रचण्डलाई दिने ‘जेन्टलमेन एगि्रमेन्ट’ भएको एमाओवादी नेताहरुले दाबी गर्दै आएका छन् ।
प्रचण्डलाई नेतृत्व दिन सकिन्न : पोखरेल
आइतबार बालुवाटारमा आयोजित तीन दलको बैठकमा एमाओवादी नेताहरु आफ्ना कुरा राखेर बाहिरिएको एमाले महासचिव ईश्वर पोखरेलले अनलाइनखबरलाई बताए । ‘ उहाँहरु आफ्ना कुरा राखेर हिँड्नुभयो’ पोखरेलले अनलाइनखबरसँग भने, ‘उच्चस्तरीय राजनीतिक समिति बनाएर त्यसको नेतृत्व प्रचण्डलाई दिइनुपर्छ भन्ने उहाँहरुको माग छ, तर यो सम्भव छैन ।’
चारबुँदे कार्यान्वयन नगर्ने रामचन्द्रको वचन
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित तीन दलीय बैठकमा शुरुमा राज्य पुनसंरचना र शासकीय स्वरुपमा विषयमा लामो छलफल भएको थियो ।
छलफलका क्रममा डा. काबुारम भट्टराईले चार बुँदे सहमति कार्यान्वयन गर्न र उच्च स्तरीय राजनीति समिति बनाएर त्यसको नेतृत्व एमाओवादी अध्यक्षलाई दिन आग्रह गरेका थिए ।
बाबुरामलाई जवाफ दिँदै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले चारबुँदे सहमति कार्यान्वयन नगर्ने सत्तारुढ दलवीच सहमति भैसकेको भनेपछि माओवादी नेताहरु सो सहमतिबाट पछि हट्ने हो भने कांग्रेस एमालेसँग वार्तामा नबस्ने भन्दै बैठक बहिस्कार गरेर हिँडेको स्रोतले बतायो ।
८ भदौ काठमाडौं । प्रधानमन्त्री निवासमा आयोजित तीन दलको बैठकमा मनमुटाव भएपछि एमाओवादी नेताहरुले बैठक बहिस्कार गरेर हिँडेका छन् ।कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरु सम्मिलित बैठकमा एमाओवादी नेताले तीन दलवीच भएको चारबुँदे सहमति कार्यान्वयन गर्न माग गरेका थिए । तर, कांग्रेस उपसभापति रामचन्द्र पौडेलले चारबुँदे सहमति नमान्ने कांग्रेस र एमालेवीच सहमति भएको बताए पनि प्रचण्ड, बाबुरामलगायतका माओवादी नेताहरु बैठक छाडेर बाहिरिएका छन् ।
‘कांग्रेस र एमालेका नेताहरु संविधान निर्माणप्रति इमान्दार देखिएनन्, तीन दलको बैठकपछि एमाओवादी अध्यक्ष प्रचण्डलाई उधृत गर्दै एक माओवादी नेताले भने-’चार दलीय सहमति कार्यान्वयन नगरिएसम्म अब एमाओवादीले कांग्रेस र एमालेसँग कुनै पनि वार्ता गर्दैन ।’
दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भएपछि तीन दलवीस्च भएको सहमतिमा सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गर्ने, चुनावमा भएको धाँधलीबारे संसदीय छानविन समिति बनाउने र उच्चस्तरीय राजनीतिक समिति बनाउने लगायउतका विषयमा सहमति भएका थिए । सो सहमतिका बेला उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व एमाओवादी अध्यक्ष प्रचण्डलाई दिने ‘जेन्टलमेन एगि्रमेन्ट’ भएको एमाओवादी नेताहरुले दाबी गर्दै आएका छन् ।
प्रचण्डलाई नेतृत्व दिन सकिन्न : पोखरेल
आइतबार बालुवाटारमा आयोजित तीन दलको बैठकमा एमाओवादी नेताहरु आफ्ना कुरा राखेर बाहिरिएको एमाले महासचिव ईश्वर पोखरेलले अनलाइनखबरलाई बताए । ‘ उहाँहरु आफ्ना कुरा राखेर हिँड्नुभयो’ पोखरेलले अनलाइनखबरसँग भने, ‘उच्चस्तरीय राजनीतिक समिति बनाएर त्यसको नेतृत्व प्रचण्डलाई दिइनुपर्छ भन्ने उहाँहरुको माग छ, तर यो सम्भव छैन ।’
चारबुँदे कार्यान्वयन नगर्ने रामचन्द्रको वचन
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित तीन दलीय बैठकमा शुरुमा राज्य पुनसंरचना र शासकीय स्वरुपमा विषयमा लामो छलफल भएको थियो ।
छलफलका क्रममा डा. काबुारम भट्टराईले चार बुँदे सहमति कार्यान्वयन गर्न र उच्च स्तरीय राजनीति समिति बनाएर त्यसको नेतृत्व एमाओवादी अध्यक्षलाई दिन आग्रह गरेका थिए ।
बाबुरामलाई जवाफ दिँदै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले चारबुँदे सहमति कार्यान्वयन नगर्ने सत्तारुढ दलवीच सहमति भैसकेको भनेपछि माओवादी नेताहरु सो सहमतिबाट पछि हट्ने हो भने कांग्रेस एमालेसँग वार्तामा नबस्ने भन्दै बैठक बहिस्कार गरेर हिँडेको स्रोतले बतायो ।
|
##
|

0 comments:
...