Headlines News :
Home » , » इपिएसको फारम भर्न बुटवलमा युवाहरुको भीड

इपिएसको फारम भर्न बुटवलमा युवाहरुको भीड

###
इपिएसको फारम भर्न बुटवलमा युवाहरुको भीड, लगातारको झरीको पर्वाह नगरी तीन दिनमा साढे ६ हजारले फारम भरे ।
रोजगारको लागि कोरिया जान चाहने युवाहरुका लागि रोजगार अनुमति प्रणाली ईपिएस फारम भर्न बुटवलमा युवाहरुको भिड लागेको छ । लगातारको झरीको समेत प्रवाह नगरी युवाहरु बुटवल १२ को बुटवल मण्डपमा फारम भर्न घण्टौं लाईन लाग्ने गरेका छन् ।
बुटवल मण्डपमा निर्माण गरिएको फारम भर्ने र वितरण गर्ने स्थलमा अस्थायी टेन्टको व्यवस्था गरिएपनि लाईन लाग्ने स्थानमा भने टेन्टको व्यवस्था गरिएको छैन । तर पनि सर्वसाधारणले रुझेरै भएपनि घण्टौ लाईनमा लागेर फारम भरिरहेका छन् । युवाहरुको कोरिया क्रेजले गर्दा भिड थामिनसक्नु भएको छ । श्रम कार्यालय बुटवलका अनुसार फारम खुल्ला गरिएको तेश्रो दिन शुक्रबारमात्रै १ हजार ५ सय ५७ जनाले फारम भरेका छन् । पहिलो दिन २ हजार १ सय १०,दोश्रो दिन २ हजार ७ सय ८ ले फारम भरिसकेका छन् । तिनदिनमा फारम भर्नेको संख्या ६ हजार ३ सय ९३ पुगेको नेपाल कोरिया विकास परिषद्का अध्यक्ष गम्भीर गुरुङले जानकारी दिए । दक्षिण कोरिया जान चाहने कामदारका लागि बुधवारदेखि फारम वितरण गरिएको हो । साउन ३१ गतेसम्म फारम वितरण कार्य जारी रहने छ । यस अवधीमा १० हजार भन्दा बढि युवाले फारम भर्ने अनुमान गरिएको श्रम कार्यालय बुवलका प्रमुख बेदप्रकाश उपाध्यायले बताउनुभयो ।
गत वर्ष बुटवलबाट ८ हजार ७ सय ३७ जनाले फारम भरेका थिए । तर परिषद्का अध्यक्ष गुरुङले पश्चिमाञ्चलका दुई स्थान पोखरा र बुटवलबाट फारम वितरण गरिएकोले अनुमान गरेजती फारम वितरण हुन नसक्ने बताउनुभयो । ईपियस फारम भरेकाहरुको भाषा परिक्षा असोजको १० र ११ गते काठमाण्डौंमा हुने छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar