Headlines News :
Home » » खोलेमा विष हालेर छिमेकीको लैनो भैंसी मारेको आरोपमा दम्पती पक्राउ

खोलेमा विष हालेर छिमेकीको लैनो भैंसी मारेको आरोपमा दम्पती पक्राउ

###
तेह्रथुम, भदौ १४ - भैंसीको कुँडो अर्थात खोलेमा फोरेट नामके कडा बिष मिसाएर छिमेकीको लैनो भैंसी, खसी र बाख्रा मारेको अभियोगमा प्रहरीले तेह्रथुमको जल्जलेबाट एक दम्पतीलाई पक्राउ गरेको छ ।
कुँडोमा बिषादी मिसाएर जल्जले ९ याङ्सिालाका गणेश बुढाथोकीको एउटा लैनो भैंसी, तीन वटा खसी र दुई वटा बाख्रा मारेको अभियोगमा प्रहरी छिमेकी शेरबहादुर नेपाल र उनकी पत्नि नन्दकुमारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपाल दम्पतीको घरबाट फोरेटको खोलिएको एउटा बोटल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक राम खड्काले जानकारी दिनुभयो ।
मरेको लौंनौ भैंसी, तीन वटा खसी र दुई वटा बाख्रामध्ये एउटा खसीको जिल्ला पशु सेवा कार्यालयमा ल्याएर पोष्टमार्टम समेत गराईएको उहाँले बताउनुभयो । आफूहरु घरमा नभएको अवस्थामा भैंसी र बाख्राका लागि पकाईराखेको कुँडोमा आँगन जोडिएका छिमेकी नेपाल दम्पतीले फोरेट मिसाई दिएको बुढाथोकी परिवारले आरोप लगाएका छन् ।
तीजको सांगितिक कार्यक्रमबाट फर्किएर बिहीबार दिउँसो कुँडो खुवाउने बित्तिकै भैंसी, खसी र बाख्रा थरथर काप्दै, मुखबाट फिंज र र्‍याल काढ्दै मरेको गणेशकी पत्नि गंगामाया बुढाथोकीले बताउनुभयो ।
‘बिहीबार दिउँसो घरका सवै तीजको सांगितिक कार्यक्रममा गएका थियौं,’ उहाँले भन्नुभयो ‘कार्यक्रमबाट फर्किएर दिउँसो ३ बजेतिर कुँडो खुवाएको १०÷१५ मिनेटमा भैंसी, बाख्रा र खसी भकाभक मरे ।’
पक्राउ परेका दम्पतीले आफूहरुको बुद्धी बिग्रिएर छिमेकीले पकाईराखेको कुँडोमा फोरेट मिसाएको स्वीकारेका प्रहरी सहायक निरीक्षक खड्काले बताउनुभयो । छिमेकीले कुँडोमा बिषादी मिसाई दिएपछी भैंसी र बाख्रा मर्दा बुढाथोकीको एक लाख २५ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar