|
###
|
काठमाडौं— केटी प्रयोग गरी फिरौती असुलेको अभियोगमा गुन्डा नाइके अभिषेक गिरी प्रकाउ परेका छन्। आफ्नै गर्लफ्रेण्ड प्रयोग गरी अच्युतप्रसाद रेग्मीलाई बन्धक बनाउर १० लाख रुपैयाँ फिरौती असुल्ने प्रक्रियामा रहेका बेला महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई पक्राउ गरेको हो। पीडित रेग्मी काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कर्मचारी हुन्।
बन्धक बनाएर केटीसँग नाङ्गैन फोटो खिचाइयो
सामान्य चिनजान भएका आधारमा कवितादेवी शाक्य (अपहरणमा प्रयोग भएको नाम शारदा सिलवाल) ले समस्या परेको भन्दै रेग्मीलाई नाटकीय रुपमा फोन गरेर ललितपुर उपमहानगरपालिका सानेपास्थित मुक्तिलाल साहको घरमा बोलाउँछिन्। त्यहाँ बन्धक बनाएर यातना दिइ फिरौती असुल्न सबै तयारी भइसकेको हुन्छ। शारदाको फोन रिसिभ गरेको केही मिनेटमै रेग्मी इन्देणी हाइट पुग्छन्। त्यहाँ शारदासँगै अभिषेक र राजु श्रेष्ठ हुन्छन्। अप्ठ्यारो पर्यो भनेर केही छिन बोलाउने केटी त्यहाँ पुगेपछि अर्कै रुपमा पेश हुन्छिन्। उनीहरुले रेग्मीलाई बाँधेर कुट्न थाल्छन्। गहना र नगद लुट्छन्। त्यसपछि केटीसँग नाङ्गो फोटो खिच्न बाध्य पार्छन् र १० लाख रुपैयाँ फिरौती नदिए फोटो सार्वजनिक गरिदिने धम्की दिन्छन्।
त्यसपछि गिरीले चढ्दै आएको बा ११ च १२८५ नम्बरको गाडीमा राखी त्रिपुरेश्वर आएर नगद १ लाख फिरौती लिन्छन्। त्यसको आधाघन्टामा डिल्लीबजार पुर्याएर रेग्मीलाई ९ लाख रुपैयाँको कपाली तमसुकमा जबर्जस्ती हस्ताक्षर गराउँछन्। यो सबै काम ५ घन्टाभित्र भइसक्छन्।
अभिषेकको चङ्गुलबाट उम्केका अच्युतप्रसाद साथीभाइको सहयोगमा प्रहरीको शरणमा पुग्छन्। प्रहरीले सबै अनुसन्धानपछि साउन १५ गते प्रहरीले बिराटनगर ११ घर भइ इन्द्रेणी हाइट बस्ने अभिषेक गिरी, मिलन लिम्बु, १९ वर्षे शारदा सिलवाल भन्ने कवितादेवी शाक्य एवं राजु श्रेष्ठलाई पक्राउ गर्छ।
पक्राउ अभियुक्तहरुलाई ललितपुर प्रहरीले बुधबार सार्वजनिक गरेको छ।
को हुन् अभिषेक गिरी
विराटनगर स्थायी घर भएका अभिषेक गिरी ठेक्का टेन्डरमा संलग्न रही फिरौती असुल्ने गुन्डा हुन्। सम्पत्ति शुद्धीकरण विभागले उनीविरुद्ध मुद्धा चलाएपछि थुनामा रहेका उनी ३० लाख रुपैयाँ धरौटीमा छुटेका थिए। विराटनगरलाई आधार बनाएर गुन्डागर्दी गर्ने क्रममा गिरी र अर्का गुन्डा नाइके पर्शुराम बस्नेतबीच टक्कर छ। बस्नेत एमालेको युवा संघसँग आवद्ध छन्। एमालेको नेतृत्वमा गृहमन्त्रालय रहेको बेला गिरी पक्राउ परेका हुन्।

##
|

0 comments:
...