Headlines News :
Home » » बुटवल फुलबारीमा निशुल्क वाईफाई

बुटवल फुलबारीमा निशुल्क वाईफाई

###
रुपन्देही, १३ भदौ । बुटवल ४ फुलबारीमा रहेको मणिमुकुन्द सेन उद्यान ­फुलबारी) पछिल्लो समय पर्यटकिय गन्तव्य बन्दै गएको छ । सुन्दर हरियाली चुरे महाडको काखमा रहेको फुलबारी ऐतिहासिक र रमणिय स्थल समेत हो । यहाँ नेपालका विभिन्न जिल्ला संगै छिमेकी मुलुक भारत र चिनबाट समेत पर्यटकहरु घुम्नका लागि आउने गरेको उद्यान संरक्षण समितिले जनाएको छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउने पर्यटकहरु फुलबारी सम्म आउने बातावरण समेत पछिल्लो समय मिल्दै गएको छ । जसका कारण आन्तरिक एवं बाह्य पर्यटकहरु आउने क्रम बढेको समितिले जनाएको छ ।
यस फुलबारीमा वि.स. १५७५ मा निर्मित सेनवंशीय राजाको दरबारको भग्नावशेष संरक्षित रहेको छ । अंग्रेजहरुलाई परास्त गरेको जितगढि किल्ला समेत यहा रहेकाले यहा आन्तारिक र बाह्य पर्यटकहरुको भिड लाग्दै आएको छ । वि.स. २०६५ सालमा यस उद्यानको संरक्षण समिति स्वायत्त भएपछि उद्यानमाको गुरुयोजना बनाई बढेको छ । यसलाई बृहत बाल उद्यानको निर्माण तथा पशुपंक्षी संरक्षणालयलाई पश्चिमाञ्चल क्षत्रीय स्तरको चिडियाखानामा स्तरोन्नती गर्र्ने समेत बताइएको छ ।
हाल सञ्चालमा आएको उद्यानलाई थप प्रभावकारी र व्यवस्थित बनाएर मुलुकै नमुना बनाउने संरक्षण समितिले जनाएको छ । फुलबारीमा बाल उद्यानलाई हरियाली एवं व्यवस्थित गर्ने, चिडियाखाना घर निर्माण गर्ने, नमूना गार्डेन निर्माण गर्ने, रामापिथेकस पार्क निर्माण मणिमुकुन्द उद्यान सेन संरक्षण समितिका अध्यक्ष मातिराज ज्ञवालीले जानकारी दिए । यसैबीच फुलबारीमा घुम्न आउने पर्यटकलाई मध्यनजर गर्दै फुलबारीमा निशुल्क वाईफाईको व्यवस्था गरिएको छ । अहिलेको सुचना प्रविधिको विकास संगै घुम्न आउने पर्यटकहरुलाई निशुल्क वाईफाई जडान गरिएको उनले बताए । करिव २५ हजारको लागतमा वाईफाई सेवा प्रदान गरिएको उनको भनाई छ । फुलबारी क्षेत्रमा दुई स्थानबाट वार्ईफाई सेवा प्रदान गरिएको छ ।
यस्तै फुलबारी क्षेत्र अन्र्तगत्का पानीको मुहानलाई संरक्षण गर्ने समेत बताइएको छ । फुलबारीमा मनमोहन आश्रित बाटिका, झरना, बाल उद्यान, बनभोज पिकनिक सेडहरु, विवह मण्डप एवं शिवालय तथा अन्य मन्दिर, बुद्ध बाटिका, फोहोरा, मयुरथान मन्दिर, दृश्य अवलोकन स्तम्भ, बक्ष तथा जैविक विविधता भएकाले पनि यहा“ पर्यटकहरु आउने गर्दछन् ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar