Headlines News :
Home » » माइक्रोबसले ठक्कर दिदा गुल्मीका गोकर्णको मृत्यु

माइक्रोबसले ठक्कर दिदा गुल्मीका गोकर्णको मृत्यु

###
रुपन्देही, साउन २१
बुटवलको चरंगेवाट बुटबलतर्फ आउदै गरेको माईक्रो बसले सोहि दिशाबाट बुटबलतर्फ आईरहेको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।
लु १ ख ३१३८ नं को माइक्रोबसले लु १९प६४१ नंम्वरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकल चालक गुल्मी बलेटक्सार ४ ज्ञवा निवासी अन्दाजी ३० वर्षिय युवा गोकर्ण ज्ञवालीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटबलले जनाएको छ ।
केही वर्ष वैदेशिक रोजगारीको सिलसिलामा दोहा कतार रहेका ज्ञवाली केही समय अघि स्वदेश फर्कि बुटबल गोलपार्कमा रेष्टुरेन्ट संचालन गदै आएकोे बताइएको छ । मोटरसाइकलमा साथमा सवार व्यक्ति सामान्य घाइते भएपनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ठक्करदिने गाडी र चालक प्रहरीे नियन्त्रणमा रहेको पनि ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar