### |
गोरखा : गोरखामा यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। गम्भीर घाइते १२ जनालाई सिम्रिक एयरको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
अरु घाइतेको गोरखा अस्पतालमा उपचार भइरहेको छ। शैया अभावका कारण उनीहरुलाई अस्पतालको आँगनमा राखेर उपचार भइरहेको छ।मृत्यु हुनेमा आरुचनौटे गाविस १ आरुघाट बजारकी ३० वर्षीया ऐश्वर्य श्रेष्ठ र उनकी छ वर्षीय छोरी योजना श्रेष्ठ रहेका छन्। त्यस्तै तान्द्राङ गाविस ३ की १७ बर्षीया सम्झना सुर्खेती र गुम्दा गाविस ९ की २६ वर्षीया सरिता गुरुङको पनि मृत्यु भएको छ।
आरुघाटबाट गोरखा बजारतर्फ आउँदै गरेको ना ४ ख १३९५ नम्बरको यात्रुबाहक बिहान ११ बजे बगुवा गाविसको वडा नम्बर तीनको खान्चोकमा दुर्घटना भएको हो।
बस सडकको घुम्तीबाट पाँच सय मिटर तल खसेको छ। घटनास्थलमा रहेका घ्याम्पेसाल प्रहरी चौकीका प्रहरी नायव निरीक्षक चुन कार्कीका अनुसार उद्धारको काम भइरहेको छ। घटनास्थल गोरखा बजारबाट १६ किलोमिटर टाढा छ।

## |
0 comments:
...