###
|
|

काठमाडौँ, भदौ ६– प्रहरीसँगको मुठभेडमा मृत्यु भएका चरी भनिने धादिङका दिनेश अधिकारीको शव बुझ्न उनको परिवार सहमत भएका छन् । अधिकारीको मृत्यु रहस्यमय भएको भन्दै परिवारले जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसर हनुमानढोकामा उजुरी दर्ता गर्न खोज्दा दर्ता नभएको र सर्वोच्च अदालतले बिहीबार दर्ता नलिनाको कारण देखाऊ आदेश जारी गरेपछि शव बुझ्न लागेको अधिकारीका दाजु ध्रुव अधिकारीले जानकारी दिए ।
अधिकारी गत साउन २१ गते मारिएको भए पनि सो घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने भन्दै परिवारले शव बुझेका थिएनन् । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको उनको शब बुझेर भोलि अन्त्येष्टि गरिने बताइएको छ ।
##
|
|
0 comments:
...