Headlines News :
Home » , » ज्योती मगरको अन्र्तवार्ता पहिरन भड्किलो भएको भन्दै रोकियो

ज्योती मगरको अन्र्तवार्ता पहिरन भड्किलो भएको भन्दै रोकियो

###
लोकगायिका ज्योती मगरको अन्र्तवार्ता रोकिएको छ । एनटीभी प्लसबाट प्रशारण हुँदै आएको ‘टी टाइम’मा उनको पहिरन भड्किलो भएपछि अन्र्तवार्ता रोकिएको हो । उनको छाती केही बढी खुलेपछि रोकिएको जनाइएको छ ।
कार्यक्रममा निर्देशक एवं लोक गायक ईन्द्र जोशीले पहिरन भड्किलो भएकाले रोकिएको जानकारी आफूले पाएको बताए । कार्यक्रम संचालिका शोभा त्रिपाठीले पनि शो रोकिएको बताइन् । ज्योती मगरको गायकी शैली यतिबेला चर्चामा छ । साथमा उनको हट शैलीले पनि बजारमा चर्चा पाउँदै आएको छ ।
उनले नै आवाज भरेको ‘पिरतीमा दम छ’ बोलको गीत भने टेलिभिजनमा बजिरहेको छ । यो गीतमा ज्योती निक्कै हट पहिरनमा देखिएकी छिन् । लोक गीतमा गायिका तथा मोडलहरु धेरै नै खुल्न थालेपछि यसले सामाजिक संजालमा आलोचना खेप्दै आएको छ । धेरैले लोकगीत हिजोआज घरमा परिवारसँग बसेर हेर्न नसकिने भएको पनि जनाउँदै आएका छन् ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar