Headlines News :
Home » , » दीपाले जन्मदिनको केक काट्दा दीपक किन गएनन् ?

दीपाले जन्मदिनको केक काट्दा दीपक किन गएनन् ?

###
काठमाडौं, भदौ ६ - उसो त हाँस्यकलाकार दीपाश्री निरौलाको जन्मदिन शनिवार हो, तर उनले जन्मदिनको बर्थ डे केक भने शुक्रबार नै काटिन्, त्यो पनि उनका सहकर्मी दीपकराज गिरी बिना नै ।
प्रत्येक बर्ष रेडियो अडियोले दिपाको जन्मदिनकै दिन केक काट्ने गरेपनि यसपाली भने एक दिनअघि नै रेडियो अडियोको टोलीले केक काटेको छ ।
हिमालय टेलिभिजनमा प्रसारण हुने फर्सी नेटवर्कले उत्पादन गरेको कार्यक्रम ‘परिको सरी’को सेटमा दीपाको जन्मदिनको केक काटिएको हो । यो कार्यक्रम शुक्रबार राती ८ बजे प्रसारण हुने छ ।
जन्मदिनको अघिल्लो दिन केक काट्न पाउँदा उनी खुशी देखिईन । ‘केक खानबाट दीपक छुट्यो’ ठ्ट्यौली गर्दै दीपाले भनिन् ‘अलिकति केक पेपरमा र्याप गरेर दीपकलाई पनि लगिदिउँकी ?’ केक काटेपछि निकै उत्साहित हुनै उनले भनिन् ‘आज एउटा केक काटियो भोली अरु चारवटा केक काट्ने कार्यक्रम छ’ । जन्मदिनको दिन विहानै उठेर पशुपति नाथको दर्शन गर्न जाने, त्यसपछि बिराटनगरमा बाबालाई फोन गर्ने, आर्शिवाद लिने, साथीहरुको सन्देशहरुको रिप्लाई गर्ने, अनि गाईजात्रे कार्यक्रममा सहभागी हुने उनको योजना छ ।
टेलिभिजनको पर्दामा सँगै देखिने दीपक बिना नै केक काटे पनि शनिबार भने उनी दिनभर दीपकसँगै हुने छिन् । ‘भृकुटीमण्डपमा गाईजात्राको तीन शो छ, त्यसपछि बीचमा उपासना महिला सहकारीले गर्ने तीज कार्यक्रमको लागि सितापाईला पनि जानु छ’, दीपाले ब्यस्तता सुनाउदै भनिन् ‘मेरो मिल्ने साथी दीपक भोली दिनभरी नै मेरो साथमा हुनेछ’ । दीपकराज गिरीसँगको सहकार्यले आफू यो स्थानसम्म आईपुगेको बताउदै उनले दीपकलाई आफ्नो ‘मनको सबैभन्दा नजिकको साथी’ भन्न पनि भ्याईन ।
दीपक साथमा हुँदा आफ्नो जन्मदिन स्पेशल हुने पनि उनले बताईन । दीपक र दीपाको सहकार्य निकै लामो छ । मिलेर खेलेको दिदी (दिपक दिपा) संस्थाको माध्यमबाट सात जना केटाकेटीलाई पढाईरहेका पनि छन् उनीहरुले । दीपक र दीपाको संस्थाको लागि भनेर महिला दिदी बहिनीहरुको उपासना महिला सहकारीले तीज बिषेश कार्यक्रममा केक काट्ने कार्यक्रम राखेको छ । त्यस्तै गाईजात्राको एउटा शोमा कलाकारहरुको तर्फबाट, अर्को शोमा आयोजकको तर्फबाट अनि बेलुकी घरपरिवारसँग केक काटिने दीपाले जानकारी गराएकी छिन् ।
‘पहिलो पटक एउटा जन्मदिनमा चारवटा बर्थ डे केक काट्दैछु, एकदमै एक्साईटेड भईरहेकी छु’ दीपाले भनिन् । यसपाली कतिऔं जन्मदिन मनाउदै हुनुहुन्छ त ? भन्ने प्रश्नमा उनको जवाफ पनि गज्जबको नै थियो, ‘दिपाश्रीमा छ दम, पुगें ४० मा एक कम, मिलाएर आफै बुझ्नुहोला ।’



##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar